ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१

त्रिभुवन आर्मी क्लबलाई उपाधि

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

बुटवल, २५ पुस । रुपन्देहीमा सम्पन्न मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । विहिबार भएको निक्कै प्रतिस्प्र्रात्मक फाईनलमा अर्को विभागिय टिम नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै आर्मीले नगद ७ लाख, आर्कषक १५ केजीको रनिङशिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । साथै हङकङ निवासी खेलप्रेमी बिष्णु बहादुर गुरुङ (ठुले) ले आयोजकमार्फत उपाधी विजेता टिमलाई थप नगद १ लाख ५ हजार रुपैया हस्तान्तरण गरेका छन । उपविजेता पुलिस भने नगद ३ लाख ५० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

बुटवलको मणिमुकुन्द भलिबल क्लब तेस्रो हुदै नगद १ लाख ७५ हजार तथा भारतको गुजरात भलिबल क्लब चौथौ हुदै नगद १ लाख रुपैयाबाट पुरस्कृत भएको छ । करीब पाच हजार बढी दर्शकले भरिभराउ रामनगर खेलमैदानमा दर्शकको साथ पाएको नेपाल पुलिस क्लबले लगातार अग्रतासंगै पहिलो सेट २५–१८ अंकले आफनो पक्षमा पारेको थियो । दोस्रो सेट भने आर्मीले फर्काउन सफल भयो । समान २५–१८ अंकसहित आर्मीले दोस्रो सेट जित्दै खेल बराबरी ल्यायो । लगत्तै तेस्रो सेटमा पुलिस उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२१ अंकसहित पुन खेलमा टिमलाई अग्रता दिलाए । चौथो सेटमा आर्मी खेलमा फर्कियो । २५–२२ अंकसहित चौथो सेट जित्दै आर्मीले खेललाई पाचौ सेटमा थकेल्यो । निर्णायक पाचौ सेटमा आर्मी शुरुवातबाट नै हाबी देखियो । उत्कृष्ट स्पाईकसहित सेट १५–७ अंकले जित निकाल्दै उपाधि हात पार्न सफल भयो ।

प्रतियोगितामा आर्मीका धन बहादुर भट्ट मोस्ट भेलुएबल प्लेयर घोषित हुदै नगद २५ हजार, गिफट हेम्परबाट पुरस्कृत भए । पुलिसका सन्जु बिक्रम शाह उत्कृष्ट आउटसाईड हिटर, रबिन चन्द उत्कृष्ट अपोजिट हिटर, रबिन नगरकोटी उत्कृष्ट मिडल ब्लकर, त्रिभुवन आर्मीका दुर्गा प्रसाद महतो उत्कृष्ट सेटर, त्रिभुवन आर्मीकै ईश्वर थापा उत्कृष्ट लिबेरो, आर्मीकै लोक बहादुर बुढा उत्कृष्ट कोच घोषित हुदै नगद १० हजार रुपैयासहित गिफट हेम्परबाट पुरस्कृत भए ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, नेकपा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका पूर्व अध्यक्ष राजु गुरुङ, पूर्व क्रिकेटर तथा कोच शक्ति गौचन, मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?