ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

बुटवल, २४ पुस ।

राज्य टेलिभिजनको नयाँ नेतृत्वः ग्रामीण आवाजलाई प्राथमिकतामा राख्दै उपत्यका बाहिरको पहिलो सेटेलाइट टेलिभिजन राज्य टेलिभिजन बुटवलमा नयाँ नेतृत्व चयन भएको छ ।

बुधबार सम्पन्न प्रथम अधिवेशन तथा साधारण सभाले बिष्णु भुसालको अध्यक्षतामा पाँच सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । जसमा बुटवल पब्लिकेशन प्रा. लि. को तर्फबाट नवराज कुँवर, सुमित राणा, डिपी खनाल, र प्रेमराज गैरे निर्वाचित भएका छन् ।

अध्यक्ष गोविन्द खनालको अध्यक्षतामा सम्पन्न साधारण सभाले टेलिभिजनलाई नयाँ गति दिने र यसको सञ्चालनलाई थप व्यवस्थित बनाउने उद्देश्यले विभिन्न निर्णयहरू गरेको छ । राज्य टेलिभिजनको आवश्यकता र महत्वलाई हेर्दा यसले सूचना, शिक्षा, मनोरञ्ज र जनचेतनाका विविध पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यसले विशेषगरी ग्रामीण क्षेत्रका आवाजलाई प्राथमिकतामा राखेर ती मुद्दाहरूलाई राष्ट्रिय एजेन्डामा बदल्न र समाधानको पहल गर्न महत्वपूर्ण योगदान पु¥याएको नवनिर्वाचित अध्यक्ष भुसालले बताए ।

नयाँ सञ्चालक समितिको तर्फबाट अध्यक्ष बिष्णु भुसालले टेलिभिजनको भविष्यलाई नयाँ दिशामा लैजाने र आधुनिक सञ्चार माध्यमको रूपमा यसलाई प्रतिस्पर्धात्मक बनाउने योजनाहरू अघि सारेका छन् । यो समितिले सामग्री निर्माणमा नवीनता ल्याउने, डिजिटल प्रविधिको प्रयोग गरेर टेलिभिजनको पहुँच विस्तार गर्ने र स्थानीयतालाई प्राथमिकतामा राख्दै समाजका विभिन्न पक्षलाई समेट्ने नीति लिएको उनले जानकारी दिए ।

डिजिटल युगमा टेलिभिजनको प्रभाव घटिरहेको अवस्थामा, राज्य टेलिभिजनले आफूलाई समयसापेक्ष बनाउँदै दर्शकहरूलाई आकर्षित गर्न नयाँ रणनीतिहरू अपनाउने र अनुसार, टेलिभिजनले डिजिटल प्लेटफर्महरूसँग सहकार्य गरी सामग्रीको पहुँचलाई फराकिलो बनाउने, दर्शकहरूको रुचि र आवश्यकता अनुसार कार्यक्रमहरू निर्माण गर्ने, विज्ञापन तथा प्रायोजन कार्यक्रमहरू मार्फत आर्थिक स्थायित्व हासिल गर्ने योजनाहरू अघि बढाउने योजना रहेको सञ्चालक नवराज कुँवरले बताए ।

नयाँ नेतृत्वमा रहेका सदस्यहरूले आफ्नो अनुभव र ज्ञानको उपयोग गर्दै टेलिभिजनको व्यवस्थापनलाई सुदृढ बनाउने र यसलाई नवीन प्रविधिहरूसँग समायोजन गरी अझ प्रभावकारी बनाउने योजना लिएका छन् ।

नयाँ सञ्चालक समितिको नेतृत्वमा यसले आफूलाई अझ सशक्त, व्यवस्थित, र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने विश्वास गरिएको सञ्चालक कुँवरको भनाइ छ ।

बुटवलमा प्रधान कार्यालय रहेको यो टेलिभिजनले स्थानीय मुद्दाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो यात्रा प्रारम्भ गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?