Butwal Today

चीनमा भूकम्पले ढल्दै गरेको भनिएको भवनको भिडियो भ्रामक

२४ पुष २०८१, बुधबार
अ+
अ-

बुटवल ।

पुस २३ गते बिहान चीन केन्द्रबिन्दु भई गएको भूकम्पले नेपालमा समेत धक्का महसुस भयो। सोही भूकम्पको दृश्य भएको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भएको छ ।

तर हाम्रो तथ्यजाँचमा सो दावी भ्रामक भएको पाइएको छ । भिडियो दावि गरिएको जस्तो भिडियो भुकम्पले गर्दा ढलेको नभई ब्लाष्टिङ्ग मार्फत भवनको संरचना भत्काइएको छ । चीनको नभई यो चीनकै मा युनान प्रान्तको कुनमिङ शहरको दोस्रो चरणको लियाङ स्टार सिटीमा स्न् २०२१ म विष्फोट गराएर १५ अधूरा भवनहरू ध्वस्त बनाएर हटाइएको थियो ।

के हो दावी?

फेसबुकमा पुस २३ गते बिहान चीनमा गएको भूकम्पको भएको दावीसहित भाइरल भिडियोमा ठुला ठुुला भवन एक पटक ढलेको भनेर सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता गोविन्द बहादुर सिं नामको आईडीबाट उक्त भिडियो शेयर गरिएको छ । यो सामग्री तयार पर्दा सम्म ३ हजार २ सय जनाले शेयर गरेका छन् भने ४ हजार २ सय जनाले लाईक गरेका छन् भने उक्त भिडियोमा ६४ जनाले कमेन्ट गरेका छन् । बुटवलमा व्यवसायी महेन्द्र श्रेष्ठले समेत उक्त भिडियो शेयर गरेका छन् ।

हेर्नुहोस फेसबुकमा भाइरल भएको भिडियो

सोही भिडियो सामाजिक सञ्जाल फेसबुकमा धेरै जनाले पोस्ट गरेका छन ्।

हेर्नुहोस स्क्रिनसट

के हो तथ्य ?

भाइरल भिडियोको स्क्रिनसट हामीले गुगलमा रिभर्स इमेज सर्च गरेर हे¥यौँ ।

ढल्ने गगनचुम्बी भवनहरूको भिडियो भुकम्पले भत्कीएको नभई फुटेज अगस्ट २०२१ पत्ता लाग्यो । दक्षिणी चिनियाँ प्रान्त युनानको राजधानी कुनमिङमा अग्लो भवनहरूको नियन्त्रित भत्काइको हो भन्ने कुरा थाहा भयो । यो सम्बन्धी पहिला नै फ्याक्ट चेक समेत भैसकेको जानकारी प्राप्त भयो ।

हेर्नुहोस् लिंक

https://www.dw.com/en/fact-check-a-video-purporting-to-show-the-taiwan-quake-is-almost-three-years-old/a-68741076

हामीले यो भिडियोबाट “अझै’ तस्बिर निकालेर गुगल रिभर्स ईमेज सर्च गरेर फेला पार्यौं। सन् २०२१ मा गत वर्षको गर्मी र शरद ऋतुमा, केही टिकटक खाताहरूले चीनको कुनमिङका भवनहरू भत्किएको सन्दर्भमा उक्त भिडियो सार्वजनिक गरेका थिए ।
यो विषयमा भारतमा रहेको एक च्यानल ईडिया टिभीले पनि फ्याक्ट चेक गरेको छ ।

 हेर्नुहोस् लिंक

https://www.indiatvnews.com/fact-check/fact-check-viral-video-destruction-buildings-not-from-ongoing-israel-hamas-war-missile-attack-gaza-china-2023-10-13-897646

इन्डीया टिभीले गरेको फ्याक्ट चेकमा पनि घटनासँग सम्बन्धित मौलिक भिडियो युट्युब च्यानलमा फेला परेको उल्लेख गरेको छ ।
थप अनुसन्धान गर्दा यो घटनाको मूल भिडियो भेटिएको छ । भिडियो सेप्टेम्बर १४, २०२१ मा BILLIONS INC नामक युट्युब च्यानलमा पोस्ट गरिएको थियो । भिडियोको हेडलाइनमा लेखिएको छ, “चीनमा ४५ सेकेन्डको विस्फोटमा १५ अधूरा भवनहरू ध्वस्त’’ भिडियो विवरणमा भनिएको छ, “अगस्ट २७ मा युनान प्रान्तको कुनमिङ शहरको दोस्रो चरणको लियाङ स्टार सिटीमा विष्फोटबाट १५ अधूरा भवनहरू ध्वस्त भएका थिए । दक्षिणपश्चिममा एकैपटक १५ अधूरा भवनहरू ध्वस्त भएका थिए

 हेर्नुहोस् लिंक

https://www.youtube.com/watch?v=M9b9V2mUzjU

तथ्यजाँच

दावीः तिब्ब्तमा भुकम्पको कारण ढल्दै गरेका घरहरु को भिडियो ।
दावीकर्ताः गोविन्द बहादुर बस्नेत (फेसबुक प्रयोगकर्ता)

तथ्यजाँचः मिथ्या सूचना, यो तिब्बतमा भुकम्प गएर भवन ध्वस्त भएको नभई चीनकै मा युनान प्रान्तको कुनमिङ शहरको दोस्रो चरणको लियाङ स्टार सिटीमा स्न् २०२१ म विष्फोटगराएर १५ अधूरा भवनहरू ध्वस्त बनाएर हटाइएको थियो ।