Butwal Today

गैंडहवाले दियो विद्यालयमा जाडो बिदा

२४ पुष २०८१, बुधबार
अ+
अ-

गैंडहवा, २४ पुस ।

रुपन्देहीको गैडहवा गाउँपालिकाले जाडो बिदा दिएको छ । केही दिनयता बढेको अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्य नै प्रभावित हुने गरेको भन्दै गैडहवा गाउँपालिकाले विद्यालयमा जाडो बिदा दिने भएको हो।

गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सूचना जारी गर्दै गैडहवा गाउँपालिका भित्र सबै विद्यालयमा पौष २४ गते देखि २९ गगतेसम्म वार्षिक बिदा कट्टा हुने गरि जाडो बिदा दिएको पालिका अध्यक्ष पौडेल जानकारी दिए ।

केही दिनदेखि अत्यधिक जाडो बढेकोले शैक्षिक संस्थाहरु सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा पौष २९ गते सम्म बन्द हुनेछन अध्यक्ष पौडेल यो समयमा बालबालिका र बुढाबुढी आमा बुबा र दिर्घरोगी लाई बढी असर गर्ने भएकोले बढी ध्यान दिनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?