Butwal Today

सुनको भाउ ५ सयले बढ्यो

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं।

नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ। अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय पुगेको छ। यसअघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भइरहेको थियो।

यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?