ट्रेंडिंग:

>> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने

सरकारको असफल कुटनीति विपिन जोशी रिहाईमा किन पुगेन दबाब ?

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । नेपाली विद्यार्थी विपिन जोशी पनि यसपटक बन्दी रिहाईका क्रममा मुक्त हुने विश्वास गरिएको थियो तर विपिन रिहाईको सूचीमा नपर्दा नेपालको विश्वासमाथि तुषारापात भएको छ । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताएपनि सरकारको प्रयास असफल भएको छ । रिहाई हुने बन्दीहरूको नाम सार्वजनिक भैसकेको छ तर दुःखको कुरा विपिनको नाम समावेश छैन । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् । हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए । त्यसमा विपिन जोशी सकुशल हमासको कब्जामा परेका थिए । गाजामा युद्धविराम र बन्धक रिहाइको सम्झौताको प्रयास स्वरूप कतारमा लगातार वार्ता चलिरहेको छ । नेपाल सरकारले कतार सरकारलाई विपिन जोशी रिहाईको बिषयमा ध्यानाकर्षण गराएको थियो तर नेपाल सरकारको कुटनीति असफल देखिएको छ । अर्को चिन्ताको कुरा के छ भने इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ ।

सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरायली सेनाले जनाएको थियो । नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । तर, त्यसयता भने विपिन कतै देखिएका छैनन् । यो गंभीर चिन्ताको कुरा हो । नेपाल सरकारको विपिन जोशीलाई मुक्त गराउने कुटनीतिक प्रयास असफल भएको यो उदाहरण हो । विपिनको अवस्था के छ भन्ने जानकारी समेत नेपालले नपाउनु भनेको विश्वमञ्चमा नेपालको कमजोर प्रभाव झल्किन्छ । नेपालले पटकपटक विपिन जोशीको रिहाईका लागि आग्रह गरेपनि उनको रिहाई हुन नसक्नुको पछि अनेक कारण होलान् । त्यसमध्येको प्रमुख कारण हो– नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जोडदार माग उठाउन नसक्नु । इजरायल र हमासबीच धेरैपटक युद्धविराम भयो । युद्धविराम लागू भएपछि हमासले बन्धक मुक्तीको प्रकृया धेरैपटक अघि बढाएको हो । नेपालले अहिलेसम्म धेरैपटक यसका लागि पहल नगरेको होइन तर जोडदार रूपमा आवाज उठाउन नसक्नु नेपालको कुटनीतिक कमजोरीको परिणाम हो भन्दा अत्युक्ति हुँदैन ।
पछिल्लोपटक हमासको कब्जामा रहेका केही दर्जन बन्धक मुक्तिको कुरा सोमबारदेखि विश्वभर हावासरी फैलिएको छ । यसमा विपिन जोशीको पनि नाम हुने अनुमान गलत सावित भएको छ । अर्को कुरा हमासले बन्धक बनाएका बिपिन जोशीको अवस्था के छ भन्ने समेत थाहा हुन सकेको छैन । एक बर्षको बीचमा अरू देशका नागरिक मुक्त हुँदा विपिनको बिषयमा अहिलेसम्म अवस्था अज्ञात रहनु चिन्ताको बिषय हो । उनी अहिले कुन अवस्थामा छन भन्ने समेत अहिलेसम्म अज्ञात छ । अहिले कतारमा बन्धक मुक्ति र इजरायल हमास युद्धविरामको लागि बार्ता चलिरहेको छ । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बिपिन जोशीको रिहाईका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उनको खोक्रो आश्वासन र प्रतिवद्धताले चिन्ता थपिएको छ । ढिलै भएपनि अव नेपालले विपिन जोशीको रिहाईको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ । बन्धक मुक्तिको प्रकृया चलिरहने भएकोले आगामी दिनमा नेपालका तर्फबाट हुनुपर्ने कुटनीतिक पहलमा कुनैपनि कमी नआओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?