Butwal Today

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन

२४ पुष २०८१, बुधबार
अ+
अ-

 काठमाडौं।

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो।

छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो।

सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो।