ट्रेंडिंग:

>> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस

प्रदेशमा यातायात व्यवस्थामा विकेन्द्रीकरण

२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

लमही, २४ पुस ।
लुम्बिनी प्रदेश सरकारले यातायात क्षेत्रको सुधार र सेवा विस्तारका लागि प्रभावकारी कदम चालेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनलाई सहज, सुलभ र विकेन्द्रीकृत बनाउन विभिन्न योजनाहरू अघि सारेको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने ‘यो अध्ययन अनुसार हामीले यातायात कार्यालयको सेवा बिस्तार गर्ने योजना बनाएर अघि बढेका हौँ र पहिलो चरणमा बाँकेको कोहलपुरमा सेवा विस्तार गर्ने निर्णय मन्त्रीपरिषदबाट भएको छ, अब चाँडै सेवा सुरु हुने छ ।’ मन्त्रालयले थप आर्थिक भार नपर्ने गरि यातायात कार्यालयको सेवा विस्तार गर्ने छ । शाखा कार्यालयका रूपमा सेवा विस्तार गर्न थालेको कोहलपुरमा शाखा बिस्तार गर्न लागेको उनले बताए ।
बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालयको शाखा बिस्तार गरी सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र नवीकरण, सवारी दर्ता नवीकरण, र अन्य पटके सेवाहरू प्रदान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यस कदमले कोहलपुर र आसपासका क्षेत्रका नागरिकलाई यातायात सेवामा सजिलो बनाउने अपेक्षा गरिएको छ । बर्दिया, कपिलवस्तु, र प्यूठानमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने योजना पनि अघि बढाइएको छ । यी कार्यालयहरूले यातायातसम्बन्धी सबै सेवा प्रदान गर्नेछन् । स्थान छनोट र प्रक्रियागत तयारीका लागि मन्त्रालयले छलफल गरिरहेको छ । नवलपरासीमा दुई पांग्रे सवारीको ट्रायल मात्र उपलब्ध थियो ।
अब चारपांग्रे सवारी साधनका लागि पनि ट्रायलको सुविधा थपिएको छ। यसले स्थानीय सेवाग्राहीलाई अन्यत्र जानुपर्ने झन्झटबाट मुक्त गर्नेछ । संघीयताको मर्म अनुसार सेवाहरू विकेन्द्रीकरण गर्ने उद्देश्यका साथ मन्त्रालयले थप शाखा कार्यालयहरू खोल्ने योजना बनाएको छ ।
सेवाग्राहीका गुनासा र सुझावलाई प्राथमिकता दिँदै यातायात कार्यालयहरूलाई प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिइएको छ । लुम्बिनी सरकारको यो कदमले यातायात सेवामा सहजता र सबैको पहुँच सुनिश्चित गर्नेमा थप योगदान पु¥याउने विश्वास लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?