Butwal Today

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २४ पुस ।

नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनिहरूको नाममा रहेको ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यसमा विद्यमान संस्थापक सेयरधनिहरूले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सोको विवरण खुलाई आवेदन फारम बुझाउनुपर्नेछ।

तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनिहरूले सेयर खरिद नगरेमा सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिनेछ।