Butwal Today

आर्मीविरुद्ध थ्री स्टारले हाने १० गोल

२४ पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २४ पुस।

थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को शानदार जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक पूरा गरे। यस्तै, पूर्ण श्रेष्ठले दुई गोल र भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले एक एक गोल थपे।

यस जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ, भने आर्मी अंकविहीन रहेको छ। थ्री स्टारको पहिलो खेल एपिएफसँग गोलरहित बराबरीमा रोकिएको थियो, जबकि आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार स्वीकारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?