Butwal Today

डोटीमा ड्युटीका क्रममा प्रहरी सहायक हवल्दारको मृत्यु

२४ पुष २०८१, बुधबार
अ+
अ-

डोटी ।

इलाका प्रहरी कार्यालय बीपीनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बहादुरसिंह पालीको ड्युटीका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार बुधबार बिहान ३ बजेर १५ मिनेट जाँदा ड्युटीकै क्रममा रहँदा एक्कासि छाती दुखेर बेहोस भएपछि उनलाई उपचारका लागि तत्कालै स्थानीय बीपीनगर पोलिक्लिनिकमा पुर्‍याइएको थियो। त्यहाँ सामान्य चेकजाँचपछि थप उपचारको लागि बिहान ४ बजे सेती प्रादेशिक अस्पताल, धनगढी रिफर गरिएकामा अस्पतालले उनलाई बिहान ६:४० मा मृत घोषणा गरेको थियो।

मृतक पालीको स्थायी घर डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ रूपालमा रहेको छ। पालीको मृत्युको कारण पोस्टमोर्टम रिपोर्ट आएपछि मात्र थाहा हुने प्रहरी उपरीक्षक शर्माले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?