ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

जाडो छल्ने चराले तालतलैयामा चहलपहल

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

काठमाडौँ, २३ पुस ।
अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपंक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउन सूर गरेका छन् ।
जलपंक्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर क¥याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ ।
चिसो क्षेत्रबाट हजारौँको संख््यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाईसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गाचील आदि पर्छन् ।
यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न जलपंक्षीको गणना सुरु गरिएको छ ।
नेपाल पंक्षीविद् सङ्घले गणनामा समन्वय गरिरहेको छ । सो संस्थाका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन गणना सुरु गरिएको बताए ।
हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपंक्षी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म (पुस २० गतेबाट माघ ६ गते सम्म) सञ्चालन हुनेछ । कार्यकारी निर्देशक पौड्यालले भने, ‘यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइँ गर्ने चराको तथ्याङ्क सङ्कलन गरिने छ । यतिखेर खोलानालामा आगन्तुक चराको आगमन र गतिविधिले छुट्टै माहोल बनेको छ ।’ गणनामा हिमाली प्रकृति, वर्ड कन्जरभेसन नेपाललगायत स्थानीय सङ्घसंस्था, चरा संरक्षणकर्मी तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता छ । सन् १९८७ देखि हरेक वर्ष जनवरी ४ देखि दुई हप्तासम्म जलपंक्षी गणना गर्ने गरिएको । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ ।
मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं संख्या अद्यावधिक गर्न जलपंक्षीको गणना सुरु गरिएको छ । सन् २०२४ मा गरिएको जलपंक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८४ साना क्षेत्रमा चार सय दुई स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार नौ सय जलपंक्षी रेकर्ड गरेको सङ्घको तथ्याङ्क छ । यीमध्ये छवटा रामसारमा सूचीकृत सीमसार क्षेत्र पनि थिए ।
वर्ड कन्जरभेसन नेपालका पश्चिम क्षेत्र परियोजना फिल्ड अधिकृत हिरूलाल डंगौराले गणनाका क्रममा आफूले जलवायु परिवर्तनको असर, सिमसारमा आएको परिवर्तन, सिकार गर्ने प्रवृति, वासस्थानको विनासलगायतका समस्या देखेको बताए । यसबाहेक पछिल्लो समय चरा संरक्षणमा नागरिकमा सचेतना जागेको विषय सकारात्मक भएको आफूले पाएको उनले उल्लेख गरे । उनका अनुसार विगतको तुलनामा चराको प्रजातिमा कमी नदेखिए पनि संख्यामा भने कमी आएको छ ।
‘मुलुकमा अभिलेख भएका आठ सय ९७ प्रजातिका चरामध्ये दुई सय हाराहारी जलपन्छी छन्’, परियोजना फिल्ड अधिकृत डंगौरा थारूले भने, ‘बराइँसराइँ गरेर आउने चरामा यसपटक कैले टाउने हाँस, मालक हाँस, मरुल हाँस नयाँ चरा रेकर्ड भएका छन् ।’
जाडो छल्न आउने हिउँदे आगन्तुक चराले प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पोखराका ताल, बीसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा समय बिताउँछन् । कोशी पंक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले कोशीका विभिन्न नदी तालतलैयामा शनिबार र आइतबार गरिएको जलपन्छी गणनामा चराको संख्या अपेक्षित नै देखिएको जानकारी दिए । यद्यपि कतिपय स्थानमा सिमसार क्षेत्रको सङ्कुचन, जलकुम्भी र मिचाहा प्रजातिको वृद्धि, अनियन्त्रित माछा मार्नेलगायतका गतिविधिका कारण चरा आहारामा चुनौती देखिएको उनको भनाइ छ । ‘यस क्षेत्रका केही ताल र सिमसार क्षेत्रमा आवश्यकभन्दा जलकुम्भी देखिएको छ, यसले पंक्षीलाई आहारा खान कठिनाइ हुन्छ’, उनले भने ।
पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका अध्यक्ष तिम्सिनाको भनाइ छ । सन् १९८७ देखि नेपालमा पनि नियमितरूपमा हुँदै आएको जलपन्छी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने र पानीमा र यस वरिपरि बस्ने चराको संख्या र वितरणबारेमा जानकारी सङ्कलन गर्नु हो । यसबाट हामी सिमसार क्षेत्रको अवस्था, जलपंक्षीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे समेत जानकारी पाउन सकिने यस क्षेत्रका जानकारहरूको भनाइ छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?