Butwal Today

कञ्चनमा किशोरीलाई आत्मरक्षा तालिम

२३ पुष २०८१, मंगलवार
अ+
अ-

बुटवल, २३ पुस । किशोरीहरुलाई शारीरिक रुपमा शसक्त बनाउने गरि कञ्चन गाउँपालिका रुपन्देहीमा एक हप्ते आत्मरक्षा तालिम संचालन गरिएको छ ।

पिपुल्स केयर कन्सल्टेन्सी रुपन्देहीको सहजीकरणमा शुरु भएको आत्मरक्षा तालिमको कञ्चन गाउँपालिकाका प्रमुख नवराज ढकालले उद्घाटन गर्दै ग्रामिण क्षेत्रका किशोरीहरूका आत्मरक्षा तालिम उपयोगी हुने बताए । पालिकाका विद्यालयस्तरमा तालिम संचालनका लागि समन्वय गरेर आगामी दिनमा चलाईने उनले बताए । महिला तथा किशोरीलाई आत्मरक्षाको कौशल सिकाउदा कुनै पनि आक्रमणबाट आफूलाई अधिकतम जोगाउन सक्ने र हिंसाको घटना न्युनीकरणमा मद्यत मिल्ने उनले बताए ।

कार्यक्रममा पिपुल्स केयर कन्सल्टेन्सीका डाइरेक्टर माधव सापकोटाले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै तालिम प्रमुख प्रशिक्षक काजी राना सहित ६ जना ब्ल्याक बेल्टहरुको समूहबाट एक हप्तासम्म दिने बताए ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष मौसमी थापा मगर, वडा अध्यक्ष हरी नारायण थारू, टिकाराम सापकोटा, केशर बहादुर खत्री, स्वास्थ्य शाखाका राम प्रसाद गौतम, पिपुल्स केयर कन्सल्टेन्सीका म्यानेजर सरस्वती आचार्यंले शारीरिक रुपमा कमजोर मानिने किशोरीहरुलाई तालिमबाट फाईदा मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?