Butwal Today

अपडेट: भुकम्पमा परी तिब्बतमा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

२३ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं  ।

मंगलबार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको हो।

चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशाषित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्।

उक्त भूकम्पमा परी सयौं घाइते भएका छन्। दर्जनौं घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।