ट्रेंडिंग:

>> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

साई ग्लोबल कपमा प्यारामाउण्ट र रुपन्देही क्याम्पस विजयी

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

भैरहवा, २३ पुस  । भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा प्यारामाउण्ट कलेज र रुपन्देही क्याम्पस विजयी भएका छन् । मंगलबार भएका दुई खेलमध्ये पहिलो खेलमा प्यारामाउण्टले होराइजन जीबीएसलाई ४९ रन र दोस्रो खेलमा रुपन्देही क्याम्पसले काशी नोबल एकेडेमीलाई ४३ रनले हराउँदै जित निकालेका हुन् ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि ऋषभ बेल्बासेले ३८, ड्रस सुनार र सन्देश थापाले समान १९ र शिव कुँवरले नटआउट १५ रन बनाए । बलिङमा होराइजन जीबीएसका विप्रसन केसी र आरिफ खानले २–२ तथा सुप्रिम बेल्बासेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको होराइजन जीबीएसले ७ विकेटको नोक्सानीमा जम्मा ७८ रन बनायो र हार ब्यहोर्यो । उसका लागि सचिन जिसीले २८, सुनिल लोधले नटआउट १६ र चन्दन राजपुतले १४ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले लक्ष्य भेट्टाउन सकेन । बलिङमा प्यारामाउण्टका तुलबहादुर थापा र शिव कुँवरले २–२ तथा सागर गैह्रे, सन्देश थापा र सागर भण्डारीले १–१ विकेट लिए । खेलमा तुलबहादुर थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही क्याम्पसले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ७१ रनको बलियो योगफल बनायो । उसका लागि सन्तोष यादवले अविजित १ सय १५ रनको शतकीय पारी खेले । यस्तै, इमरान खान र अनिककुमार चौधरीले १० रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले २ तथा सुमन पाण्डे र आदित्य शर्माले १–१ विकेट लिए ।

प्रतिउत्तरमा काशी नोबल ५ विकेटको नोक्सानीमा १ सय २८ रन मात्रै बनाउन सक्यो । उसका लागि सेजाद आलमले ३७, सुमन पाण्डेले ३१ र सुप्रित घिमिरेले २६ रन बनाए पनि जितका लागि प्राप्त भएन । बलिङमा रुपन्देही क्याम्पसका बाबुलाल केवटले ४ तथा सन्तोष यादव र शिवकुमार यादवले १–१ विकेट लिए । खेलमा सन्तोष यादव प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?