Butwal Today

ललितपुरको सातदोबाटोमा अवैध कल सेन्टरमा जुवा खेलाउँदै ,५३ जना पक्राउ

२३ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २३ पुस ।

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनलाइन जुवा खेलाएको आशङ्कामा उनीहरूलाई पक्राउ गरेको हो।

सिआइबीका एसपी होविन्द्र बोगटीले  जानकारी दिए कि सातदोबाटोस्थित भाडामा लिइएको चार तले घरबाट ‘प्रोलिंक सोलुसन’ नामक कम्पनी दर्ता गरी जुवा सञ्चालन गरिएको थियो।

पक्राउ परेकामा २९ महिला र ५३ जनामध्ये तीन भारतीय नागरिक समेत रहेको जनाइएको छ। सीआइबीले जुवा खेलाउँदै गरेको घटनामा संलग्न आरोपितहरूलाई पक्राउ गरी आवश्यक कारवाही सुरु गरेको छ।

यो घटनाले अवैध जुवा र अनलाइन जुवा खेलको विषयमा सुरक्षा निकायको सर्तकता बढाएको छ।