ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

मोटर चढ्ने रहर पुरा हुँदै

रैनादेवीको सुन्दरे ढुंगादेखि सालझण्डीसम्मको सडकखण्डको ३० किलोमिटर खण्डमा ट्रयाक खुलेको डेढ दशक पछि स्तरोन्नती भएको छ । यसबाट मुख्य व्यापारिक केन्द्र बुटवल आउन जान सहज भएको स्थानीय सरकारका प्रतिनिधि देबेन्द्र पुन बताउँछन् ।
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

पाल्पा, २३ पुस ।
रैनादेबी छहरा गाउँपालिकाको जुठापौवाका हुम बहादुर थापा उमेरका हिसाबले ६ दशक पुरा गरेका व्यक्ति हुन् । आफ्नो घर नजिक मोटर बाटोको ट्रयाक खुलेको एकदशक भएपनि आँगनैबाट मोटर चढ्ने रहर बल्ल पुरा भएको उनी बताउँछन् ।
स्थानीय खुमबहादुर विश्वकर्मा डोको बुन्ने सिप भएका हुन् । आफूले बुनेको डोको बुटवलको बजार पु¥याउन ५ घण्टासम्मको पैदल यात्राबाट सैनामैना नगएको सालझण्डीसम्म पुगेर बस चढेपछि बल्ल खलखली आएको पसिना ओभाउने गरेको बताउँछन् ।
रैनादेवीको सुन्दरे ढुङ्गा देखि साल झण्डीसम्मको सडक खण्डको ३० किलोमिटर खण्डमा ट्रयाक खुलेको डेढ दशक पछि जिल्लाको पश्चिमी क्षेत्रदेखि अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका आधा दर्जन गाउँका स्थानीयमा सुबिधा पुगेको छ । मुख्य व्यापारिक केन्द्र बुटवल जोड्ने सडक खण्डको प्रयोग हुन लागेपछि स्थानीयकोे जनजीवनमा सकारात्मक प्रभाव पारेको स्थानीय सरकारका प्रतिनिधि देबेन्द्र पुन बताउँछन् ।
आर्थिक बर्ष २०७६/०७७ सालदेखि सडक पूर्वाधार कार्यालयको प्राविधिक रेखदेखमा स्तरोन्नतीको काम अगाडि बढेको हो । सडक स्तर उन्नतिका क्रममा ग्राभेल कालोपत्रेको काम अगाडि बढेपछि स्थानीयहरूलाई आवतजावतका लागि सहज भएको हो । पहिलो चरणको काम अन्तर्गत साढे आठ किलोमिटर खण्ड वन क्षेत्र पर्ने, वनको आठ सय ४१ वटा रुख कटान गर्नुपर्ने र कानुनी प्रक्रिया अगाडि बढेको छ । रुख कटान पुरा भएपछि यस खण्डको स्तरोन्नतीका लागि सहज हुने कार्यालयका सूचना अधिकारी श्याम श्रेष्ठ बताउँछन् ।
पञ्चायतकालीन समयमा थालनी भएको यस सडकखण्ड एक दशक अगाडि माग ट्रयाक खुले पनि स्तरोन्नती गर्ने क्रममा लामो समय अभिभावक बिहिन जस्तै थियो । जब लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा समपुरक बजेट अन्तर्गत प्राथमिकतामा राखेर पछि स्तरोन्नतीको कामले गति लिन लागेको स्थानीयहरूको भनाइ छ ।
ग्राभल, कालोपत्रे कामका लागि ठेक्का सम्झौता भयो वन क्षेत्रबाट विभिन्न प्रजातीका रुख हटाउनुपर्ने भयो । कामले गति लिन सकेन पहिलो पटक साढे आठ किलोमिटर खण्डमा कालो पत्रे काम थियो । रुख कटानका लागी कानुनी जटिलता पार गरेको अब रुख कटानको कार्य पुरा गर्दै कालोपत्रे गर्न सकिने छ त्यसका लागि झण्डै १५ करोड रूपैयाँ खर्चिने र यसै आर्थिक बर्षमा बाह्रै महिना सहज रूपमा यातायात सञ्चालन हुने र यस परियोजना अन्र्तगत बाँकी अर्को बर्षमा थप काम हुने सडक पूर्वाधार कार्यालय कार्यालयका प्रमुख वासुदेव भण्डारी बताउँछन् ।
३० किलो मिटर सडक खण्ड अन्तर्गत रूपन्देही सिमाना क्षेत्रबाट सडक पूर्वाधार कार्यालय र सून्दरे ढङ्गाबाट सडक स्थानीय सरकारले कामलाई अगाडि बढाएको जसले गर्दा स्तरोन्नती भएपछि कम समय र कम दुरिमा गाउँ शहरसँग जोडिने छ । बर्षायाममा समेत कृषि उपज बजार पुर्याउन सकिने र विकासका थप ढोका खुल्ने स्थानीय कमला खनाल बताउँछिन ।
हिउँदको समयमा मात्र मोटर गुड्ने सडकमा बाह्रै महिना आवतजावत होस भन्ने उद्देश्यले स्थानीय सरकारले संघीय, प्रदेश सरकार सँग समन्वय गरि समपुरक बजेटबाट डेढ किलो मिटर सडकको स्तर उन्नती हुने बताउँछन् । रूपन्देही, पाल्पामा गरि ८४१ वटा रुख कटान गर्नुपर्ने र त्यसका लागि कानुनी जटिल्ता भयो । कानुनी गाँठो फुकेको भए यति खेर सडक मर्मत गर्नुपर्ने समय हो । ढिलो नै भएपनि जटिलता फुक्यो अप्ठ्यारो काम सकियो अब कामले गति लिने छ ।
यस आर्थिक बर्षमा यस खण्ड पुरा भएपछि नयाँ आर्थिक बर्षमा नयाँ सेक्सनमा काम हुने छ पूर्वाधार कार्यालयका प्रमुख भण्डारी बताउँछन । स्थानीय सरकारका मुख्य प्राबिधिक खनालका अनुसार स्थानीय, संघीय, प्रदेश सरकारबाट आउने बर्ष थप ३ किलो मिटर सडक कालोपत्रे हुनेछ ।
प्रदेश सरकारको मुख्य प्राथमिकतामा परेका कारण ट्याक खुलेर एक दशक पछि स्तरोन्नती भयो । यसैगरि स्थानीय जनता, स्थानीय सरकारको ठूलो मेहेनतका कारण ४० बर्षमा ट्रयाक खुलेरै स्थानीयहरू बताउँछन ।
पहाड देखि तराई जोड्ने र बढि जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने यस सडले मुख्य रूपमा गुल्मी, अर्घाखाँचीलाई समेत प्रत्यक्ष रूपमा सहयोग गर्ने छ । विकासको मुख्य मेरुदण्डको रूपमा लिने सडक हो । विगतमा यातायातको सहज पहँच नभएका कारण यहाँबाट बसाई सर्ने क्रम थियो । सडकमा जब तब मोटर गुड्न लाग्यो तब बसाई सर्ने क्रम पनि कम भयो । स्थानीय तहमा यसले सकारात्मक प्रभाव पारेको छ । कृषिमा व्यवसायीकरण हुने क्रम बढ्दो स्थानीय बसन्ती पोखरेल बताउँछिन ।
यो सडक खण्डको स्तरोन्नतीको कार्य पछि यस क्षेत्रको एक लाख भन्दा बढि जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने समस्या रुख कटानीको थियो त्यो पनि यसपटक पुरा हुनेछ । पहिलो चरणको कालोपत्रेको काम दुबै तर्फबाट भएको छ । आउने बर्षमा सबै काम पुरा हुने रैनादेबी गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराई बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?