ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

बढ्दो अनलाईन ठगीविरुद्ध होसियारी

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पछिल्लोसमय विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । सीआईबीले भनेजस्तै अहिले ठगहरूले अनलाईनलाई ठगीको माध्यम बनाएका छन् । फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमेल लगायतबाट फोन गरी डिजिटल वालेट तथा बैक तथा वित्तीय संस्थाबाट बोलेको भन्दै धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ । यो क्रम हरेक दिन बढिरहेको छ । ठगीमा परेका नागरिकले दिनहुँ प्रहरीकोमा ठगीका उजुरी लिएर जाने गरेको तथ्याँकले यो समस्या पछिल्लोसमय गंभीर बन्दै गएको देखिएको छ । सीआईबीले ईसेवा, खल्तीजस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्ने क्रम बढेको जनाएको छ । त्यसविरुद्ध सावधानी अपनाउन सीआईबीले गरेको अनुरोध मनन गर्नु जरुरी छ । होइन भने सानो असावधानीले क्षणभरमा ठगिने अवस्था उत्पन्न हुनेछ । त्यसैगरी अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको देखिएको हुँदा आम नागरिकले विद्युतीय कारोबार गर्दा सावधानी अपनाउनु पर्ने आवश्यक देखिएको छ ।
पछिल्लोसमय सामाजिक सञ्जालका प्रयोगकर्ताहरू अधिक हुँदै गएका छन् । र, यसमार्फत ठगीका घटनापनि बढिरहेका छन । सामाजिक सञ्जालको प्रयोग बढेसँगै पछिल्लोसमय यसबाट पीडा भोग्नेहरूको संख्या पनि बढ्दै गएको देखिएको छ । प्रहरीको तथ्याँक अनुसार पछिल्लोसमय फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत मानिस ठगीमा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत ठगी तथा हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत अनि भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसाजन्य ठगीका घटना भैरहेको छ । यसैगरी इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४ दशमलव ६ प्रतिशत हिंसा हुने गरेको छ । आमसञ्चार माध्यम प्रयोगमा नागरिक सचेत नहुने हो भने एकै मिनेटमा बैंकमा भएको पैसा स्वाहा मात्रै होइन, ठगीका नयाँ नयाँ उपाय प्रयोग गरिँदा ठूलो समस्या भएको छ । एकै व्यक्तिले फरक–फरक सामाजिक सञ्जाल प्रयोग गरेर ठगीका घटनामा संलग्न हुने गरेको देखिएको छ । ठगीमात्रै होइन, सामाजिक सञ्जालहरूको प्रयोगका माध्यमबाट हिंसाका घटनामा समेत बृद्धि भएको छ । सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको ज्ञान नहुँदा डिजिटल ठगीमा पर्नु अर्को चुनौती रहेको छ । हिंसाबाट सुरक्षित हुनका लागि प्रविधिसम्बन्धी शिक्षा आवश्यक छ । आगामी दिनमा यस प्रकारका ठगी र हिंसाका घटना न्यूनिकरण गर्न आम नागरिकमा खबरदारी जरुरी छ । प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जालमार्फत हुने ठगी र हिंसाजन्य घटनाका बिषयमा सामाजिक सञ्जालमै सचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ । सबै मिलेर सामाजिक सञ्जालका कारण उत्पन्न समस्या र चुनौतिको समाधानमा पहल गर्नु जरुरी छ । आगामी दिनमा राज्य, समाज र घर सबैको भूमिकालाई दृष्टिगत गर्दै यो समस्याको मिलेर समाधान खोज्नु आवश्यक छ । खासगरी शहरमा भन्दा पनि ग्रामिण क्षेत्रका नागरिकलाई ठगी र हिंसाजन्य घटनाका बिषयमा सचेत बनाउनु जरुरी छ । सामाजिक सञ्जालकै माध्यमबाट अपराधका घटनामा ठूलो बृद्धि भएको छ । प्रविधिलाई दोष दिनेभन्दा पनि यसको सही सदुपयोग गरी सञ्चालनमा जोड दिन सकियो भने बढ्दो अपराधीकरणका घटना न्यूनिकरण गर्न पुग्छ । अतः सूचना प्रविधिसम्बन्धी सचेतनाका साथै सामाजिक सञ्जालको दुरूपयोगमा नियन्त्रण गर्नुपर्ने आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?