ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

पथरी (मोरङ)

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने योजना असफल भएको छ।

घनाबस्तीमा अलकत्रा प्लान्ट राख्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेपछि जिरिखिम्तीमा प्लान्ट नराखिने भएको हो।

पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) कार्यालयका अनुसार स्थानीयको विरोधपछि जिरिखिम्तीमा अलकत्रा प्लान्ट स्थगित गरिएको हो।

‘स्थानीयले चर्को विरोध गरेपछि त्यहाँ अस्फाल्ट प्लान्ट नराख्ने निर्णय भएको छ,’ आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘अन्यत्र कहाँ राख्ने भन्ने टुंगो भएको छैन।’

स्थानीयको सहमति नलिइकन निर्माण कम्पनीले अलकत्रा प्लान्ट राख्न लागेको भन्दै विरोध भएको थियो।

उक्त प्लान्ट भक्तपुरको वेदालय कन्स्ट्रक्सन प्रालिले राख्न लागेको थियो। उसले सो कार्यका लागि इटहरीका विवादास्पद ठेकेदार भीम पौडेललाई जिम्मा दिएको थियो।

अलकत्रा प्लान्ट बनाउन तथा निर्माण सामग्री सप्लाई गर्नका लागि पौडेलले जिरिखिम्तीमा धमाधम काम गरिरहेका थिए।

जिरिखिम्तीको वातावरणलाई खलल् पुर्‍याउने गरी पौडेलले कार्य गर्न थालेपछि स्थानीय आक्रोशित बनेका थिए।

प्रजापतिका अनुसार झापाको सीतापुरीदेखि सुनसरीको देवी खोलासम्मको ९५.७६० किलोमिटर पूर्व-पश्चिम राजमार्गको विस्तार कार्य धमाधम भइरहेको छ।

यसका लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका थिए। राजमार्ग विस्तारका लागि चिनियाँ कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनी नेपाली रहेका छन्।

‘तीन खण्डको ठेक्कामध्ये दोस्रो खण्डमा पर्ने पथरी-शनिश्चरेसहित क्षेत्रको २० किलोमिटर सडक यसै वर्ष पिच गर्ने योजना रहेको छ,’ प्रजापतिले भने।

दोस्रो खण्डको माउ ठेकेदार चिनियाँ कम्पनी सिआरएस जी र नेपाली कम्पनी तुँदी हो। तुँदीले वेदालयलाई जिरिखिम्तीमा अलकत्रा प्लान्टका लागि काम दिएको थियो। वेदालयले स्थानीय ठेकेदार पौडेललाई सो कार्यका लागि काममा खटाएको छ।

प्रजापतिका अनुसार जिरिखिम्ती क्षेत्रमा काम थाल्दा सडक विभागले नै वातावरण प्रभाव मूल्यांकन (इआइए) गरिकन काम थालेको थियो।

‘महिना-महिना दिनमा वातावरण प्रभाव मूल्यांकनको रिभ्यू भइरहन्छ, प्लान्ट राख्ने ठाउँमा वातावरणमा असर परेको कुरा आएपछि स्थगन गर्नुपरेको हो,’ प्रजापतिले भने।

दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार पौडेलले पथरी-शनिश्चरे वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रमा ‘दादागिरी’ शैलीमा वातावरणमा असर पुर्‍याएका छन्।

पौडेलको ‘दादागिरी’ शैलीका कारण वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्।

पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला, पथरी-शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।

पौडेलले करिब ३५० घर रहेको गाउँमा पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माणजन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरिरहेका छन्।

तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा फोहोर बगिरहेको छ। त्यसले सिंगो गाउँको वातावरणमा असर परेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए।

नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपारेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।

उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ।

उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको जिरिखिम्तीका स्थानीय बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?