Butwal Today

एन्फा महिला लिग: दोस्रो चरणमा आज बाग्मती युथ र नेपाल पुलिस क्लब भिड्ने

२३ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ, २३ पुस।

एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेल आज बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब बीच हुने भएको छ। यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान, सातदोबाटोमा आयोजना हुनेछ।

दोस्रो चरणमा नेपाल पुलिस क्लब तालिकाको दोस्रो स्थानमा रहेको छ भने बाग्मती युथ क्लब चौथो स्थानमा स्थित छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरण पछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन्। यस प्रतियोगितामा १० वटा टोली सहभागी थिए।

दोस्रो चरणको खेल आउँदो माघ १६ गतेसम्म चल्नेछ। दोस्रो चरणमा बाग्मती युथ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र स्याङ्जाको वालिङ नगरपालिका स्थान प्राप्त गरेका छन्।