ट्रेंडिंग:

>> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

गौरको बाणेश्वर मन्दिरमा भेटिए बुद्धकालीन अवशेष, दुर्लभ अंगूठा छाप इँटा फेला

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

रौतहट, २३ पुस ।

रौतहटको गौर स्थित बाणेश्वर महादेव मन्दिरमा बुद्धकालीन अवशेषहरूको पत्ता लागेको छ। मन्दिरको आसपास पुरातात्विक उत्खननका क्रममा बुद्धकालीन इँटा र अन्य ऐतिहासिक सामग्रीहरू फेला परेका छन्।

गौर नगरपालिका २ स्थित बाणेश्वर महादेव मन्दिरको छेउ पुरातात्विक विभागको टोलीले गत ११ दिनदेखि गरिरहेको उत्खननका क्रममा ऐतिहासिक भग्नावशेषहरू भेटिएका हुन्। मेयर शम्भु साहको पहलमा सुरु भएको उत्खननमा माटोका गाग्री, घोडाको मुकुट, खेलौना लगायतका सामग्रीहरू पनि बरामद भएका छन्।

उत्खननका क्रममा ४ फिट गहिरो माटो निकाल्दा सिम्रौनगढका तत्कालीन राजा हरी सिंह देवको शासनकालका इँटाहरू पाइएको पुरातत्वविद् देबेन्द्र तिवारीले जानकारी दिए। यी इँटाहरू २८ सेन्टिमिटर लम्बाइ, ३० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेका छन्। विशेष रूपमा, केही इँटामा अंगूठा छाप पनि देखिएको छ, जुन २५०० वर्ष पुराना इँटासँग मेल खान्छ।

पुरातत्वविद्हरूका अनुसार, बाणेश्वर मन्दिरको पछाडि र अगाडि उत्खनन गर्दा मन्दिरको गारो र पुराना अवशेषहरूको पत्ता लागेको छ, जसले तत्कालीन समाजको समृद्धि र सांस्कृतिक विकासलाई संकेत गर्दछ। उत्खननमा पाएका माटोका पुतलाहरू र अन्य वस्तुहरूले प्राचीन बस्तीको जीवनशैली र संस्कृति स्पष्ट पार्ने काम गरेको छ।

मेयर शम्भु साहले मन्दिरको ऐतिहासिक महत्त्वलाई ध्यानमा राख्दै यस क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि कडा पहल गर्ने विचार व्यक्त गरेका छन्। उनले भने, “६५० वर्ष पुराना ऐतिहासिक भग्नावशेषहरू फेला परेपछि यहाँको पर्यटन र ऐतिहासिक महत्त्वलाई अझ बल मिल्नेछ।”

पुरातात्विक टोलीले बाणेश्वर मन्दिरको आसपासका क्षेत्रलाई ऐतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण मान्दै आगामी उत्खनन कार्यलाई थप गहिरो बनाउने योजना बनाएको छ। मन्दिरका आसपासका खेतमा पनि अघिल्लो वर्ष खपडाका टुक्रा फेला परेका थिए, जसले यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई थप पुष्टि गरेको छ।

मन्दीर छेउको ऐतिहासिक इनारको पनि महत्त्वपूर्ण इतिहास रहेको छ। स्थानीय जनताको अनुसार, मन्दिरको शिवलिङ्गमा जलाभिषेक हुने जल यस इनारबाट ल्याइन्छ। १९९० को महाविनाशकारी भूकम्पका कारण आसपासका इनारहरूमा बालुवा र कोइला निस्किए पनि, बाणेश्वर मन्दिरको इनारमा कुनै प्रभाव परेको छैन र यसले अझै पनि शुद्ध पानी उपलब्ध गराउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?