ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सुनवल, २२ पुस ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्ला अदालत अगाडि मिटरव्याज पीडितहरुले प्रदर्शन गरेका छन् । नवलपरासी सहित विभिन्न जिल्लाबाट भेला भएका मिटरव्याज पीडितहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले अदालत पनि निष्पक्ष हुन नसकेको र पीडितहरुलाई थप पीडित बनाउने काम गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । अदालत अगाडि जम्मा भएका उनीहरुले एक घण्टा सडक बन्द गरेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी संग केहीबेर समान्य धकेलाधकेल भएको थियो ।

मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन लुम्बिनी कमाण्ड नवलपरासी, मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन जिल्ला समिति दाङ लगायतले संयुक्त रुपमा अदालत विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले अदालत विरुद्ध चर्को नाराबाजी गर्दै अदालतले निरन्तर पीडितहरु विरुद्ध एकलौटी फैसला गर्दै आएको दाबी गरेका छन् । नवलपरासीमा सुदखोरहरुले दिएको यातनाका कारण मानिसहरु आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उनीहरुले अदालत निष्पक्ष बन्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले आजै जिल्ला अदालत परासीमा ज्ञापन पत्र समेत बुझाएका छन् । अदालतलाई एकहोरो पीडिहरु विरुद्ध फैसला नगर्न सजग गराउँदै अदालतका श्रेस्तेदार रेवतीरमण यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । आफुहरुले केन्द्रमा सरकारसंग न्यायिक रुपमा समस्याको निरुपण गर्न आग्रह गर्दै आएको बताउदै पीडितहरुले अदालतलाई मिटरव्याजको वास्तविकता बुझेर फैसला गर्न आग्रह गरेका हुन् । सो क्रममा श्रेस्तेदार यादवले अदालत नियम कानुन भन्दा बाहिर जान नसक्ने बताउँदै कानुनमा जस्तो व्यवस्था छ सोही अनुरुप फैसला आएको बताएका छन् ।

मिटरव्याज समस्या समाधानका लागि सरकारले २०७९ सालको चैतमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग बनाएको थियो । त्यसपछि गत वर्षको असारमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, संसदबाट पारित भएको थियो । तर हाल सम्म समस्या भने समाधान हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?