Butwal Today

एमाले केन्द्रीय समिति बैठक, ६४ जनाले राखे धारणा

२२ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २२ पुस ।

नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

आइतबार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन ।हाल खाजाका लागि स्थगित भएको बैठकमा अब स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३ ३ मिनेटको समय छुटाएको छ ।