ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

अलपत्र भ्यूटावर चलाउन किन ढिलाई ?

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सरकारले देशका विभिन्न स्थानमा निर्माण गरेका भ्यूटावर सञ्चालन हुन नसक्दा र त्यसले सोचे अनुरूपको प्रतिफल दिन नसक्दा भ्यूटावरमा गरिएको लगानी डुब्ने अवस्था छ । दिर्घकालीन योजना र सोँच अनुसारको विकास निर्माण नगर्दा त्यसको प्रतिफल राम्रो आउँदैन भन्ने यो एक उदाहरण हो । भ्यूटावर बनाउने तर बीचमा बजेट अभाव लगायतका विभिन्न कारण देखाएर सञ्चालन नगरी त्यत्तिकै अलपत्र छोड्दा सरकारको करोडौं लगानीले प्रतिफल दिन सकिरहेको छैन । रूपन्देहीको तिलोत्तमामास्थित शंकरनगर वनवाटिकाभित्र निर्माण गरिएको भ्यूटावर अहिले बन्द अवस्थामा छ । २०७८ चैत १५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको यो भ्यूटावरको गेटमा ताला लागेको अवस्था छ । १० तलाको टावर निर्माण भएपनि सञ्चालन प्रक्रिया अलमल हुँदा एकातिर राज्यको करोडौं लगानी डुबेको अवस्था छ भने अर्कोतर्फ त्यहाँ आउने सर्वसाधारणले भ्यूटावरको मज्जा समेत लिन नपाउने अवस्था उत्पन्न भएको छ । साढे ११ करोड लगानीमा बनेको टावर सञ्चालनमा ढिलाइ हुँदा पर्यटक निरास बनेका छन । भ्यूटावर कंक्रिटमा रूपान्तरण हुने हो कि भन्ने चिन्ता बढेको छ । नेपालमा करोडौं लगानीमा संरचना बनाउने र सञ्चालन नगरि त्यत्तिकै अलपत्र बनाउने काम बर्षौदेखि हुँदै आएका छन् । यो पछिल्लो उदाहरणमात्रै हो । भ्यूटावर निर्माण भए पनि तलका संरचना निर्माण हुन बाँकी रहेको छ । भ्यूटावरमा तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत लगानी भएको छ । तर, निर्माण सम्पन्न भएको दुई बर्ष पूरा हुँदा पनि सञ्चालनमा आउन ढिलाई हुँदा लगानी बालुवामा पानी हुने हो कि भन्ने चिन्ता छ । शंकरनगर वनवाटिकाभित्र दैनिक एक हजारदेखि दुईहजार आन्तरिक तथा बाह्य पर्यटक घुम्न जाने गर्दछन् । त्यसमध्ये १० प्रतिशतले मात्रै भ्यूटावर चढेपनि यो आम्दानीको महत्वपूर्ण माध्यम बन्नेथियो । यसको संचालनमा अव ढिलाई नगरी सम्वन्धित तिलोत्तमा नगरपालिकाले सञ्चालनको पहल गरोस् । भ्यूटावर सञ्चालन हुँदा ६० जनाभन्दा धेरैले रोजगारी पाउने र वनवाटिकाले पनि आफ्नो आम्दानी बढाउन सक्ने अवस्था छ । शंकरनगरको भ्यूटावरमात्रै होइन, मुलुकका विभिन्न स्थानमा निर्माण भएको भ्यूटावरलाई अलपत्र छोड्ने काम भएको छ । यस बिषयमा सम्वन्धित पालिका र प्रदेश सरकार तथा नेपाल सरकारको ध्यान जाओस् । भ्यू टावर निर्माण गर्दा त्यसको आवश्यकता, त्यसले दिने प्रतिफल, लगानी उठ्ने माध्यम, सञ्चालन विधि बनाउनु पर्ने हो तर हतारमा गरिएको काम लतपत भनेजस्तै भ्यूटावर निर्माणको लहरमा सुरु भएको यसको निर्माणको काममा वेवास्ता हुनु चिन्ताको कुरा हो ।
उता केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७६ सालमा शिलान्यास भएको झापाको दमकस्थित भ्यूटावर भने गत सातामात्रै सञ्चालनमा आएको छ । दमक भ्यूटावरमा राज्यको करोडौं लगानी भएको छ । दमक बजारबाट करिब तीन किलोमिटर दूरीमा पाँच बिघामा झन्डै डेढ अर्ब लागतमा ठडिएको टावरसम्म सडक सुविधा लगायतका अन्य पूर्वाधारको पहुँच पु¥याउनकै लागि अनुमानित ५० करोड रूपैयाँ लगानी हुनेछ । प्रश्न भ्यूटावर बनाएकोमा होइन, बनाउँदा भएको अबौंको खर्चको लागत उठछ कि उठ्दैन भन्ने हो । तसर्थ दमक भ्यूटावरले लगानी नउठाउने चिन्ता छ । आवश्यकता विना र योजना विनाको राज्यको लगानी बालुवामा पानी नहोस् भन्नेतर्फ ध्यान पु¥याउनुपर्ने छ । त्यसो त सवै भ्यूटावरले लगानी उठाउन सक्दैन भन्ने होइन । तिलोत्तमाको शंकरनगरमा बनेको भ्यूटावरले लगानीमात्र होइन, त्यसको धेरै प्रतिशत आम्दानी गर्न सक्छ तर सरकारले छिटो बाँकी पूर्वाधार निर्माणमा ध्यान दिनु जरुरी छ । काठमाण्डौंस्थित धरहराले अहिले राम्रो आम्दानी दिन थालेको छ । त्यसकारण शंकरनगरको भ्यूटावरपनि छिटो सञ्चालन होस भन्ने हो । कम्तिमा त्यसले राम्रो प्रतिफल दिनसक्छ भन्ने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले यसअघि पटकपटक प्रधानमन्त्री हुँदा शिलान्यास गरेका भ्यूटावर लगायतका प्रयोगविहीन भौतिक संरचना चलाउनेतर्फ ध्यान दिनुपर्दछ । विकासको पूर्वाधार र औचित्य पुष्टी हुने संरचनाले प्रतिफल दिन्छ तर त्यसलाई समयमै पूरा गरिएन भने त्यो खण्डहर बन्ने भएकोले राज्यको लगानी बालुवामा पानी नहोस् भन्ने चिन्ता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?