ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

युसीएमएस भैरहवाको २६ औं साधारण सभा

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

भैरहवा, २२ पुस ।

युनिभर्सल ईन्स्च्यिुट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि.(युसीएमएस शिक्षण अस्पताल) को २६ औं वार्षिक साधारण सभा आइतबार भैरहवामा सम्पन्न भएको छ ।

साधारण सभामा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरुबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनाका बारेमा आफ्ना धारणा राखेका थिए । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए ।

साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद अर्याल, लोकहर्ष शाक्य, सिताराम तिमल्सिना र परिक्षित खेम्का निर्विरोध निर्वाचित भएका छन् ।

साथै साधारण सभापश्चात आइतबार नै बसेको संस्थाको पहिलो सञ्चालक समितिको बैठकले अध्यक्षमा रमेश शर्मा र प्रबन्ध निर्देशकमा खुमा प्रसाद अर्याललाई सर्वसम्मतिले चयन गरेको छ ।

सभामा युसीएमएसका निर्देशक भेषराज अर्याल, सतिष केडिया, संजिविनी ग्रुप अफ कम्पनीका जनरल म्यानेजर सन्तोष कुमार खनाल, युसीएमएस शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस., गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा.डा.रविन्द्रमान श्रेष्ठ, नेपालगंज मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार वि.एन., प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा.साधन मुखी, वित्त नियन्त्रक सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष रमेश शर्माको अध्यक्षता, निर्देशक लोकहर्ष शाक्यको स्वागत तथा कम्पनी सचिव राजु बस्नेत क्षेत्रीको साधारण सभा सञ्चालनमा भएको थियो ।

हालसम्म यस कलेजबाट स्नातक कार्यक्रम अन्तर्गत एम.बी.बी.एस.मा २ हजार १ सय ६३, बी.डी.एस.मा ७ सय १३, वि.एस.सी. नर्सिङ्गमा २ सय, बी.एन.एस.मा १ सय ३५, बी.फार्मेसीमा १ सय २१, बी.एस्सी. एम.एल.टी.मा ४४, पी.पी.एच.मा ५५, बी.एस.सी. एम.आई.टी.मा ९, स्नातकोत्तर कार्यक्रम अन्तर्गत एम.डी.÷एम.एस.मा २ सय ६३, एम.डी.एस.मा ७१ र एम.एन.मा ७ गरी कुल ३ हजार ७ सय ८१ जना विद्यार्थीहरु दिक्षित भएका छन् ।

अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ३ सय ४१ आकस्मिक बिरामी, १ लाख ९२ हजार ८ सय ३७ ओ.पि.डी. बिरामी, १७ हजार ८ सय ३४ आई.पी.(भर्ना बिरामी), ५ हजार ९ सय ६३ शल्यक्रिया, ४ हजार ५७ प्रसुति सेवा (डेलिभरी), ९ हजार ५ सय १६ डायलासिस सेवा र ४ लाख ३३ हजार १ सय २६ प्रयोगशाला परीक्षणमार्फत सेवा दिएको छ ।

रुपन्देहीको भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रवाट सञ्चालित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्ति उत्पादनका साथै सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा संस्थाले भोलिका दिनमा थप प्रभावकारी भएर आफ्ना क्रियाकलाप केन्द्रित गर्ने प्रतिवद्धता जाहेर गरेको गुरुङले बताए ।

त्यसैगरी आइतबार नै सम्पन्न एभरेष्ट कलेज अफ मेडिकल साइन्सेज प्रा.लि.को १६ औं वार्षिक साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी कार्यकालका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद अर्याल, लोकहर्ष शाक्य, सीताराम तिमल्सिना, परिक्षित खेम्का र डा.हेमन्त कुमार हलुवाई र श्रेयास अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कलेजको पहिलो सञ्चालक समितिको बैठकले अध्यक्षमा रमेश शर्मा र प्रबन्ध निर्देशकमा खुमा प्रसाद अर्याललाई सर्वसम्मतिले चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?