ट्रेंडिंग:

>> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो

मिटरव्याज पीडितद्वारा जिल्ला अदालत परासी अगाडि प्रदर्शन

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सुनवल, २२ पुस ।

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्ला अदालत अगाडि मिटरव्याज पीडितहरुले प्रदर्शन गरेका छन् । नवलपरासी सहित विभिन्न जिल्लाबाट भेला भएका मिटरव्याज पीडितहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले अदालत पनि निष्पक्ष हुन नसकेको र पीडितहरुलाई थप पीडित बनाउने काम गरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । अदालत अगाडि जम्मा भएका उनीहरुले एक घण्टा सडक बन्द गरेर प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी संग केहीबेर समान्य धकेलाधकेल भएको थियो ।

मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन लुम्बिनी कमाण्ड नवलपरासी, मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन जिल्ला समिति दाङ लगायतले संयुक्त रुपमा अदालत विरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले अदालत विरुद्ध चर्को नाराबाजी गर्दै अदालतले निरन्तर पीडितहरु विरुद्ध एकलौटी फैसला गर्दै आएको दाबी गरेका छन् । नवलपरासीमा सुदखोरहरुले दिएको यातनाका कारण मानिसहरु आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै उनीहरुले अदालत निष्पक्ष बन्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले आजै जिल्ला अदालत परासीमा ज्ञापन पत्र समेत बुझाएका छन् । अदालतलाई एकहोरो पीडिहरु विरुद्ध फैसला नगर्न सजग गराउँदै अदालतका श्रेस्तेदार रेवतीरमण यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । आफुहरुले केन्द्रमा सरकारसंग न्यायिक रुपमा समस्याको निरुपण गर्न आग्रह गर्दै आएको बताउदै पीडितहरुले अदालतलाई मिटरव्याजको वास्तविकता बुझेर फैसला गर्न आग्रह गरेका हुन् । सो क्रममा श्रेस्तेदार यादवले अदालत नियम कानुन भन्दा बाहिर जान नसक्ने बताउँदै कानुनमा जस्तो व्यवस्था छ सोही अनुरुप फैसला आएको बताएका छन् ।

मिटरव्याज समस्या समाधानका लागि सरकारले २०७९ सालको चैतमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग बनाएको थियो । त्यसपछि गत वर्षको असारमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, संसदबाट पारित भएको थियो । तर हाल सम्म समस्या भने समाधान हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?