ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर हस्तान्तरण

लुम्बिनी प्रदेशमा हुने सवारी दुर्घटनाको क्रममा च्यापिएका यात्रीहरुलाई सहज उद्धार गर्न यो उपकरण सहयोगी हुने देखिन्छ । सवारीलाई काटेर यात्रु उद्धार गर्ने र समयमा उपचार पाउने हुदा मानविय क्षति कम हुने अपेक्षा लिईएको छ ।
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

बुटवल, २२ पुस । लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक २४ सय बढी सवारी दुर्घटना हुने गर्दछ । दुर्घटनामा परेर ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकले देखाउछ । दुर्घटनाबाट हुने मानविय क्षति रोक्न र उद्धारमा उपयोगी हुने गरि रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रोटरी क्लब अफ क्यापिटल बुटवल र सुरक्षित यात्रा अभियान नेपालको पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको छ । करीब १२ लाख रुपैया बराबरको दुर्घटनामा परेका सवारी साधनहरु काट्न प्रयोग गरिने हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा रोटरी डिष्ट्रिक सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्सालले सामाजिक कार्य गर्दा समुदायको आवश्यकता र दिगोपनालाई प्राथमिकतामा राख्ने गरेको बताए । रोटरी संस्थागत रुपमा ठुला परियोजनाहरु गर्दै आएको भन्दै केही ढिलाई गरेर भएपनि उपयोगी उपकरण सहि निकायमा हस्तान्तरण गर्न पाएको उनले बताए । रोटरीबाट संचालन भएका परियोजनाहरु गुणस्तरका हिसाबले उत्कृष्ट देखिने समेत दाबी गरे । यो मेशिनसंगै थप एउटा सवारी साधनको आवश्यकता महसुस भएको भन्दै यसमा सरोकारवालाहरुबाट आवश्यक सहकार्य गर्न सकिने समेत उनले बताए । दुर्घटना रोक्ने गरि सचेतना कार्यक्रमलाई विशेष प्राथमिकता दिन समेत उनले आग्रह गरे ।

एक समारोहका बिच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्साल, रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष विजय खनाल, निवर्तमान अध्यक्ष विश्व दिपक नेपाल, क्लब सचिव कृष्ण डुम्रेले ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई उपकरण हस्तान्तरण गरेका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउदा समाज सुरक्षित हुने तर्क दिए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी छ ।’–उनले भने । समाजका नागरिक, ब्यवसायी र समाजको सबै क्षेत्रको सहयोगबाट मात्र दुर्घटनाको ग्राफ घटाउन सकिने उनले बताए । सरोकारवालाहरु मिलेर सचेतना जगाउने कार्यक्रमहरु गर्न जरुरी रहेको समेत उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डेले गतवर्ष रुपन्देहीमा ट्राफिक सचेतनाको वृहत कार्यक्रम गरिएको बताए । महिलाहरुलाई सवारी लेनबारे जानकारी दिने, सचेतना रयाली र सुरक्षित हेलमेट वितरण जस्ता निक्कै प्रभावकारी कार्यक्रम गरिएको बताए । प्रदेश वार्षिक २४ सय बढी दुर्घटना हुने तथा करीब ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकलाई रोक्न थोरै भएपनि मद्यत मिल्ने उनले बताए । यसका साथै यहा रहेका सरोकारवाला निकायहरु दुर्घटना न्युनिकरणका कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?