Butwal Today

इजरायलमा श्रमिक पठाउने प्रक्रिया पुनः सुरू

२२ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौँ।

गत भदौदेखि रोकिएको इजरायलमा श्रमिक पठाउने प्रक्रिया अब पुनः सुरू भएको छ। छनोट भएका श्रमिकहरूको स्वास्थ्य परीक्षण शुरु भएसँगै प्रक्रिया अघि बढेको हो। यस क्रममा, योग्यता पुगेका ३ हजार ४६१ मध्ये गोलाप्रथाबाट २ हजार ११२ जना श्रमिक छनोट गरिएको छ।

पहिलो चरणमा १ हजार जना केयर गिभरका रूपमा इजरायल जानेछन्, र बाँकी श्रमिकहरू पछि लैजाने इजरायल सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयको सहमतिपछि यो प्रक्रिया अघि बढेको हो।

यसअघि इजरायल र हिजबुल्लाहबीचको लडाइँले तनाव बढाएपछि श्रमिक पठाउने प्रक्रिया स्थगित गरिएको थियो। नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौताअनुसार, सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा श्रमिक पठाइने छ। हालै १,३०० भन्दा बढी नेपाली श्रमिकहरू इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?