Butwal Today

सर्लाहीमा प्रहरी र स्थानीयबीच झडप, स्थिति नियन्त्रणमा लिन ५ राउण्ड हवाई फायर

२१ पुष २०८१, आइतबार
अ+
अ-

सर्लाही, २१ पुस ।

सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङका क्रममा प्रहरी र स्थानीय युवासँग झडप भएको छ। चेकिङको क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको हो।

मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए अनुसार चेकिङका दौरान स्थानीय युवाले प्रहरीसँग विवाद गरे र आक्रमण गरेपछि स्थिति तनावपूर्ण बन्यो। यसैक्रममा राननगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए। टोलीको आक्रमणमा प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेको छ। वडाध्यक्ष यादवको उपचार जनकपुरस्थित न्यूरो अस्पतालमा भइरहेको छ।

स्थिति थप तनावग्रस्त भएपछि सर्लाहीका डीएसपीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाइएको थियो।