ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

विद्यालयको लालपूर्जामा व्यक्तिका घर

जग्गा स्थानीयले कब्जा गरी घर बनाउँदा विद्यालयलाई भने भवन बनाउने ठाउँ छैन । विद्यालयले खेल मैदान बिना नै पठनपाठन गर्दै आएको छ ।
२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

चन्द्रौटा, २१ पुस ।
कपिलवस्तुमा शेष आधारभूत विद्यालयको नाममा रहेको सरकारी जग्गा केही व्यक्तिहरूले कब्जा गरेको पाइएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर–७, जवाभारीस्थित विद्यालयको नाममा रहेको सरकारी जग्गामा स्थानीय व्यक्तिहरूले घर बनाएर कब्जा गरेका हुन् । सो जग्गामा स्थानीयले हाल ६ वटा घर लगायत टहरहरू निर्माण गरेर बसोबास गरिरहेका छन् ।
विद्यालयको नाममा रहेको जवाभारी १ (क), कित्ता नं. ५४ मा रहेको ९ कठ्ठा १ धुर जग्गामा अहिले पक्की घरहरू निर्माण भएका छन् । विद्यालयलाई भने जग्गाको अभावका खड्किएको छ । विद्यालयमा खेल मैदान छैन भने भवनको संरचना बनाउने स्थान समेत छैन ।
स्थानीयका अनुसार २०१६ सालमा अब्दुल शेख नामका व्यक्तिले सरकारी जग्गा जोतभोग गर्दै आएको र उक्त जग्गा विद्यालयलाई दिएका थिए । २०३९ सालमा विद्यालय व्यवस्थापन समितिले उक्त जग्गा व्यक्तिलाई प्रदान गरेको बताईन्छ । सो समयमा अब्दुल्ला मुसलमानले रु.१६ हजार ५००, असिन नाउँले रु.२ हजार ५०० मा पाँच मण्डि, समसुल मियाले दुई पटक गरि रु.२ हजार ३०० मा साढे ८ मण्डि र सनउल्ला मुसलमानले रु.२ हजारमा चार मण्डि खरिद गरेको भरपाई फेला परेको छ । सरकारी जग्गालाई भरपाईको आधारमा विक्रिनामा नहुने भएपनि तत्कालिन विद्यालय व्यवस्थापन समितिले नियम विपरित गराएको भरपाई समेत रहेको छ । विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शिव प्रसाद चौधरीको कार्यकालमा उक्त जग्गा बिक्री भएको हो ।
पछिल्लो नापी विवरणमा विद्यालयको नाममा रहेको जग्गामा ६ वटा पक्की घर निर्माण भएको पाइएको छ । यी घर निर्माण गर्नेहरूमा कोहाब मुसलमान, मुख्तर मुसलमान, सनाउल्ला मुसलमान, अब्दुल्हा मुसलमान, असिन नाउँ, र सम्सुल्ला मुसलमान रहेका छन् । हाल विद्यालय करिब ३ कठ्ठामा मात्र सिमित छ । यता सार्वजनिक जग्गा संरक्षणको पहल गर्दै शिवराज नगरपालिकाले विद्यालयको जग्गा पनि नापी गरी रेखाङ्कन समेत गरेको छ । तर घर निर्माण गरी बसोबास गरिरहेका व्यक्तिहरूले उक्त जग्गा आफ्नो व्यक्तिगत सम्पत्ति भएको दाबी गर्दै कुनै पनि हालतमा खाली नगर्ने अडान लिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष शिव प्रसाद चौधरीका अनुसार समितिले उक्त जग्गा विक्रि गरेर त्यसबाट प्राप्त रकम विद्यालयको संरचना निर्माणमा लगानी गरेको थियो । “विद्यालयमा संरचनाको अभाव भएकाले त्यतिबेला धनि कै आग्रहमा उक्त जग्गा दिने निर्णय गरिएको थियो,” चौधरीले भने । उक्त जग्गामा घर बनाएका मोहम्मद अलबिन मुसलमानले ४० वर्षअघि उक्त जग्गा विद्यालयबाट खरिद गरेको दाबी गरेका छन् । उनका अनुसार ः “त्यतिबेलाका कुनै आधिकारिक कागजात नभए पनि हामीले विद्यालयलाई रकम बुझाएर जग्गा खरिद गरेका हौँ, तबदेखि हामीले नियमित रूपमा घरकर र बिजुली महसुल तिरिरहेका छौँ ।” उनले जग्गा कब्जा नगरेको र उक्त सम्पत्ति आफ्नो भएको जिकिर समेत गरे । शिवराज नगरपालिकाले मिति २०८१ मंसिर २४ गते सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी कार्यान्वयन गरिरहेको छ ।
यता शिवराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले धेरै पुरानो विषय रहेकोले यस विषयमा जानकार नभएको बताए । अहिले विद्यालयको नाममा जग्गा रहेको प्रमाणहरू फेला परे पनि उक्त जग्गा खरिद गरेर घर बनाएको स्थानीयहरूले बताएको चौधरीले बताए । सार्वजनिक जग्गा कसैले कब्जा गर्ने अधिकार भने नरहेको उनको भनाइ छ ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले सरकारी जग्गामा व्यक्तिले कब्जा गर्न नपाउने बताए । कानुन अनुसार नापी र कागजातका आधारमा निरन्तर रूपमा नगरभरकै सार्वजनिक जग्गा पालिकाले संरक्षण गर्ने बताए । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विद्यालयको जग्गा बिक्री गर्ने अधिकार छैन । मेयर थापाले भने यदि व्यक्तिको नाममा लालपूर्जा सहित कागजात पेश गरेमा हामीले केही गर्दैनाँै तर सरकार तथा सरकारी संघ संस्थाको नाममा रहेको जग्गालाई नगरपालिकाले खाली गर्ने छ । मेयर थापाले पालिकाले जारी गरेको सूचना अनुसार पालिकाभर नै अतिक्रमित जग्गा खालि गर्ने भनेको र यदि समयमा खालि नभएको खण्डमा कानून अनुसार अघि बढ्ने सूचनामा उल्लेख छ ।
विद्यालयको जग्गामा निजी संरचना बनाइएको घटनालाई लिएर स्थानीयबासीहरूले कडा विरोध जनाएका छन् । उनीहरूले विद्यालयको सम्पत्तिमा यस्ता निर्माण कार्यलाई अवैध भन्दै तुरुन्त कारबाहीको माग गरेका छन् । शिवराज नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न जारी गरेको सूचनालाई बलियो रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?