ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पीडितमैत्री पूर्वाधारमा जोड

समुदाय—प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउदै युएनअप्स
२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

बुटवल, २१ पुस । नेपालमा दिगो विकासमा काम गर्दै आएको युके ईन्टरनेशनल डेभलोपमेन्ट अन्तरगत युनाईटेड नेसन्स अफिस अफ प्रोजेक्ट सर्भिसेस (युएनअप्स) परियोजनाले सुरक्षा र न्याय कार्यक्रम अन्तरगत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा भवन निर्माण अघि बढाएको छ । परियोजना अन्तरगत समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग गर्दै ३ प्रदेशका १२ पालिकाहरुमा साढे दुई करोड रुपैया लागतका दुई दर्जन भवन निमार्ण गर्न लागेको हो ।

हाल मधेश, लुम्बिनी र कर्णाली तीन प्रदेशका सात वटा पालिकामा परियोजना संचालनमा रहेको छ । यो वर्ष ५ वटा पालिकामा थप भई १२ पालिकामा कार्यक्रम संचालन हुने तयारीमा रहेको छ । युके ईन्टरनेशनल डेभलोपमेन्टको आयोजनामा आईतबार बुटवलमा भएको सारा पालिका स्तरिय बहुसरोकारवालाहरुसंग परिचयात्मक कार्यक्रममा परियोजना टिम लिडर मिरा चौधरीले सुरक्षा, न्याय र लैगिक हिसाको विषयमा परियोजनाबाट समुदायमा काम गर्ने बताईन । संगठनात्मक हिसाबबाट नेपाल प्रहरी र समुदायलाई समन्वय गरि अपराध अनुसन्धानमा सहयोगी हुने गरि परियोजना एक वर्षसम्म चल्ने उनले बताईन । ‘यो परियोजनाबाट २०२५ सम्म नेपाल प्रहरीलाई सहयोग गर्नेछ ।’–उनले भनिन । वडा नं ३ मा रहेको ईलाका प्रहरी हाताभित्र महिला, बालबालिका जेष्ठ नागरिक कक्ष निर्माण हुन लागेको उनले बताईन ।

यो परियोजनाबाट मुख्य रुपमा वडाभित्रका समस्या पहिचान, समयावधि (३ महिना) विश्लेषण गर्ने, अपराधका हटस्पट पहिचान गर्ने, रेस्पोन्सको योजना र कार्यान्वयनको पाटो समेत मुल्यांकन गर्नेछ । प्रहरीभित्र डाटाको सबैभन्दा समस्या रहेको भन्दै यो विधि अप्नाएर एउटा बलियो ढंगबाट अगाडि बढ्न मद्दत मिल्ने बताए । सुझावको चरणबाट ऐन निर्माणसम्म सहभागीलाई एकरुपता ल्याउने उनले बताए । ‘जिआईएस टुल प्लेटफर्मलाई प्रयोग गरिन्छ ।’–उनले भनिन । बिस २०७६ सालमा सामुदायिक प्रहरी साझेदारी परियोजना शुरु भएको तर सरकारबाट आवश्यक बजेट नहुदा उपलब्धि हासिल गर्न नसकिएको उनले गुनासो गरिन । प्रहरीको समस्या समुदाय र समुदायको समस्या प्रहरीले बुझ्ने र सम्बन्ध बिस्तार गर्ने यो परियोजनाको मुख्य उदेश्य हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल विकासमा नया नया परियोजना भित्रनु सकारात्मक भएको बताए । पालिकाभित्रै बन्ने भवनलाई उपयोगी र दिर्घकालिन हुने गरि लैजान सुझाव दिए । महिलाहरु जो समुदायबाट उपेक्षामा परेको र समस्यामा रहेका हुन्छन उनिहरुलाई उपयोगी हुने गरि पुर्वाधारमा जोड दिनुपर्ने उनले बताए । केही समयअघि बुटवलको एक ब्यावसायिक भवनमा आगलागी हुदा ३ जिल्लाको दमकल ल्याउदा समेत क्षति रोक्न नसकिएको उदाहरण दिदै नगरमा निर्माण हुने भवन बहुउपयोगी हुने उनले बताए । पछिल्लोसमय आफु विपदको विषयलाई लिएर गम्भिर रहेको भन्दै यसमा काम गर्न लागेको समेत बताए ।

कार्यक्रममा युएनअप्सका विज्ञ सन्तोष खतिवडाले नेपाल प्रहरीसंग समन्वय गरि विगत लामोसमयदेखी पूर्वाधारको काम अघि बढेको बताए । ‘करिब एक दर्जन भवनहरु सहयोग गर्न सफल भएका छौ ।’–उनले भने । धेरै अनुभव र अध्ययनबाट नया परियोजनाको पुर्वाधारमा विशेष गरि महिला, बालबालिका र जेष्ठ नागरिक केन्द्र स्थापना गरि सेवा प्रदान गर्न लागेको उनले बताए । यसको उपयोगिताको उत्कृष्टतालाई मुल्याकन गरि दाताबाट थप निर्माण गर्न लागेको उनले बताए । मधेश, लुम्बिनी र कर्णाली प्रदेशका परियोजना संचालन रहेका स्थानिय पालिकामा २० बढि बढाउने तयारी रहेको बताए । महिला प्रहरीको आवासिय सुविधा हुने र सेवाग्राहीहरुलाई सेवा लिन आउदा समेत उपयोगी हुने गरि भवन निर्माण गरिने उनले बताए । दातृ निकायबाट निर्माण हुने यो भवन महिला तथा बालबालिका मन्त्रालय अन्तरगत रहने उनले बताए । साढे २ करोड रुपैया लागतमा भवन १० महिनामा निर्माण पूरा हुने उनले बताए । यसअघि नेपाल प्रहरीलाई ५८ वटा भवनहरु निर्माण गरि हस्तान्तरण गरिएको भएपनि त्यसमा थुनुवा कक्षहरु उपयोगी नदेखिएको समेत उनले बताए । त्यसैले पनि महिला प्रहरीलाई उपयोगी हुने, पिडितलाई उपयोगी र स्तनपान कक्ष सहितको बनाउन लागेको उनले बताए ।

कार्यक्रममा पिपुल ईन निड (पिन) की एलिजा तुलाधरले प्रहरी र समुदायलाई समन्वय गरि लैगिक हिसाको विषयमा समुहमार्फत काम गर्दै आएको बताईन । टोलभित्र रहेका समस्याहरु पहिचान गर्ने, समस्याको खोजी, स्थानिय सरकारसंग मिलेर सेवाप्रदायक निकायलाइ समुदायमा जोड्ने पुलको काम समेत गर्ने उनले बताए । पुर्वाधारसंगै लैगिक हिसा र सामाजिक न्यायको पक्षमा काम गर्ने उनले बताईन । सारा एप्रोचलाई स्थानिय सरकार, नेपाल प्रहरी, समुदाय मिलेर काम गर्ने उनले बताईन । प्रबलम ओरियन्टेड पोलिसिङ भन्दा फरक ढंगमा सामुदायिक प्रहरीको भुमिका रहने उनले बताए । नेपाल प्रहरीमा अहिले पनि केवल १३ प्रतिशत महिला प्रहरीहरु रहेको भन्दै परियोजनाबाट भविष्यमा महिला प्रहरीलाई प्राथमिकता मिल्ने उनले बताए ।

कार्यक्रममा बुटवल वडा नं ३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकालले दातृ संस्थाको सहयोगमा भवन बन्नेमात्र नभई महिला शसक्तिकरण र क्षमता विकासमा पहल हुने बताए । यो भवन समस्यामा परेका बालबालिका, महिला र जेष्ठ नागरिकलाई लक्षित गरि निर्माण गरिन लागेको उनले बताए। समुदायमैत्री प्रहरीमा प्रवेश पाउने वातावरण बनाउन उनले आग्रह गरे । नेपाल प्रहरीले अपराध अनुसन्धानको अधिकार पाएको छ । समस्या अनुसन्धानमा कठिनाई भएको हुदा त्यसलाई सम्बोधन हुने गरि अपराध क्षेत्रमा हुने काउन्सिलिङदेखि आवासिय सेवासम्मको सुविधा हुने गरि भवन निर्माण हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?