ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

ज्येष्ठ नागरिक मिलन केन्द्र संचालनका लागि आर्थिक संकट

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

बुटवल, २१ पुस।
रूपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारणसभामा मानविय सेवा संचालन गर्दै आएको संस्थाका लागि ज्येष्ठ नागरिकलाई ओसारपसार गर्नका लागि सवारी साधनको अभाव रहेको आयोजकहरूले गुनासो गरेका थिए ।
वि.सं.२०८० साल कार्तिक १३ गते देखि संस्थाले संचालन गरेको ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम निकै प्रभावकारी रहेको बताइएको छ ।
मिलन केन्द्र दैनिक संचालनका लागि आर्थिक अभाव, कार्यालय सम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुनु, गाडी पार्किड्डको अभाव रहेको आयोजकले सो अवसरमा बताएका थिए ।
३० जना वाट सुरु गरिएको दिवा सेवा हाल ८० जना पुगेको बताउदै अध्यक्ष यदुनाथ पाण्डेले ज्येष्ठ नागरिकको आकर्षण बढ्दै गएको र उनिहरूलाई ल्याउने लैजाने सुबिधा उपलब्ध गराउन मारुती भ्यानवाट सेवा प्रदान गरिरहेता पनि सो सवारी साधन सानो भएकाले ठूलो बसको आवश्यकता रहेको बताए ।
ज्येष्ठ नागरिकहरूलाई हरेक दिन विहान ११ वजे ल्याउने र ४ वजेसम्म विभिन्न सातवटा सत्रमा विभाजन गरि सेवा प्रदान गदै आएको पनि उहाँले बताए । संस्थालाई राम्रोसँग संचालन गर्नका लागि ५ करोडको अक्षय कोष जरुरी रहेकोमा हाल संस्थामा केवल १७ लाख रूपैयाँ मात्र रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथी रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम ज्येष्ठ नागरिक मिलन केन्द्रले गरेकोमा सराहना व्यक्त गर्दै यसरी मानविय सेवामा लागेका संस्थाहरूलाई हरेक क्षेत्रवाट सहयोग गर्न सुझाव दिए ।
कार्यक्रममा गुल्मेली सम्र्पक समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थ, श्रृगेश्वर धामका अध्यक्ष ऋषिराम भण्डारी, तिलोत्तमा ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, संस्थाका सल्लाहकार टीकाराम घिमिरे, आजिवन सदस्य हरि प्रसाद पौडेल, ज्येष्ठ नागरिक भोजराज खनाल, नर्मदा अर्याल, आर्टभ लिभिङकी भारती जोशी ,ओशो प्रशिक्षक महानामी, छोरी शिक्षाकी हिरा भुसाल लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले संचालन गरेका कार्यक्रम नेपालमै नमूना योग्य भएकाले यस संस्थाको कार्यक्रमलाई सहयोग गर्न सुझाव दिएका थिए ।
संस्थाकी उपाध्यक्ष ओमी पुन, महासचिव दया भण्डारी लगायतले आ–आफ्नो भनाई राखेकाथिए । कार्यक्रममा कोषाध्यक्ष मधुशुदन पाण्डेले प्रस्तुत गरेको आय व्ययको वार्षिक प्रतिवेदन पारित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?