Butwal Today

समुद्रमा तस्करी गर्दै ११ किलो सुनसँग तीन जना पक्राउ

२१ पुष २०८१, आइतबार
अ+
अ-

कोलम्बो ।

श्रीलङ्काको नौसेनाले शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ। उनीहरूलाई उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिक समुन्द्रबाट पक्राउ गरिएको हो।

नौसेनाले जनाएको अनुसार, पक्राउ गरिएका तस्करहरूले डुङ्गामा राखी उक्त सुन विदेश तस्करी गरिरहेका थिए। तिनीहरूलाई कानुनी कारवाहीका लागि कटुनायकेस्थित भन्सार कार्यालयमा बुझाइएको छ।

नौसेनाले अवैध गतिविधिहरूको निगरानी गर्नका लागि नियमित गस्ती र खोजी अभियान चलाइरहेको छ, र सोही क्रममा तस्करी गर्न लागिएको सुन बरामद भएको हो।