ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

लायन्स सयपत्रीको १३ औं चार्टर नाइट

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

बुटवल, २१ पुस ।
लायन्स क्लब अफ बुटवल सयपत्रीले आफ्नो १३ औं चार्टर नाइटमा विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाएको छ । कार्यक्रममा क्लबको वार्षिक गतिविधि र विविध कार्यक्रमहरू समेटेर तयार गरिएको डाइरेक्टरी विमोचन, लियो क्लब अफ बुटवल सयपत्रीको चार्टर प्रिजेन्टेसन, लियो सदस्यहरूका लागि सर्टिफिकेट वितरण, कम्प्युटर तालिमका प्रमाणपत्र वितरण, पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान र नयाँ सदस्यहरूलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र वितरण गरिएको थियोे । कार्यक्रममा लायन्स डिष्ट्रिक गर्भनर एमजेएफ पुरुषोत्तम भक्त प्राधानांगले लायन्स क्लबहरूले सामुदायिक सेवामा पु¥याएको योगदानको प्रशंसा गर्दै बुटवल सयपत्रीको सक्रियता र रचनात्मकतालाई उदाहरणीय भन्दै थप उत्साहका साथ काम गर्न प्रेरित गरे ।
डिष्ट्रिक सचिव माधव खनालले लायन्स अन्तर्राष्ट्रियको मूल उद्देश्य र यसको सामाजिक प्रभावलाई जोड दिँदै क्लबलाई अझ प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा फस्ट लेडिज लक्ष्मी प्राधानांग, क्यान महासंघका पूर्व अध्यक्ष तथा सूचना प्रविधिको अन्तर्राष्ट्रिय महासंघ एसोसियोका उपाध्यक्ष नवराज कुँवर, डिष्ट्रिकका निवर्तमान गर्भनर एमजेएफ ला. अर्जुनमान सैजु, डिष्ट्रिक सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाइजर र क्लबका संस्थापक अध्यक्ष ला. प्रतिभा श्रेष्ठ, कोर्डिनेटरहरू अनिल प्रसाद श्रेष्ठ, एम. एल. पाण्डे, संगम न्यौपाने, सुलोचना श्रेष्ठ, डिष्ट्रिक चिफ एडभाइजर मधुसुदन लाल श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाइजर र क्लबको एक्स्टेन्सन चियरपर्सन ला. सागर राज श्रेष्ठ, द्वारीका प्रसाद श्रेष्ठ, ला. सविना श्रेष्ठ, क्लव गाईडलाईन मधुसुधनलाल श्रेष्ठ र ला. ज्ञानेन्द्र सिमानगैडा, क्लबका पूर्व अध्यक्ष र डिष्ट्रिक चिफ ला. सवनम श्रेष्ठ, एरिया चिफ दीपक प्रसाद श्रेष्ठ, एरिया ४ का सचिव अमृता कार्की पौडेल, रिजन चियर पर्सन दीपक विष्णु प्रसाद उपाध्याय र जोन चियर पर्सन ला. महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कमला बस्नेत कुँवरले “विशुद्ध मानवीय सेवा गर्ने, आफूभन्दा कम अवसर पाएका र आफ्ना भन्दा बढी समस्या भएका मानिसहरूलाई सहयोग गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको लायन्स क्लब अफ बुटवल सयपत्रीले विभिन्न उतारचढाव पार गर्दै आज १३ औं चार्टर नाइट मनाउन पाउँदा हामी अत्यन्त गौरवान्वित भएका छौं” भनिन् । उनले आफ्नो कार्यकालको शुरुवातमै वार्षिक कार्ययोजना बनाई लायन्स इन्टरनेशनलका आठवटा प्रमुख कज डायबेटिज, इन्भारमेन्ट, चाइल्डहुड क्यान्सर, ह्युमन एफोर्ट, हगंर रिलिफि, युथ, डिजाष्टर रिलिफ, भिजन अन्तर्गत लायन्स क्लब अफ बुटवल सयपत्रीले कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताईन ।
कार्यक्रममा लियो क्लब अफ बुटवल सयपत्रीका चार्टर अध्यक्ष नयना कुंवर, संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, एक्टेन्सन चेयर पर्सन द्वारीका प्रसाद श्रेष्ठ, सचिव शान्ति लक्ष्मी अर्याल, प्रथम उपाध्यक्ष एली क्षेत्री लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?