ट्रेंडिंग:

>> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

भैरहवा र पोखरापछि निजगढको चिन्ता

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेपछि अव निजगढमा समेत अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पहल थालेको छ । निजगढ विमानस्थलको चर्चा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु नहुँदै भएको हो । तर, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल वनाउनु पर्छ भन्ने दवाव सरकारमाथि परेको छ । त्यसो त भैरहवा र पोखरामा भन्दा निजगढमा अन्तर्राष्ट्रिय उडान सुरक्षित रहेको दावी त्यसअघि गरिएको हो । अव निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गर्दा छिमेकी भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा चलाउने वातावरण तयार गरियोस् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर चलाउन नसक्ने हो भने मुलुकको अर्बौ रकम बालुवामा पानी खन्याए सरह हुने बाहेक अर्को केही हुँदैन । तसर्थ अन्तर्राष्ट्रिय विमानस्थल वनाउने मात्रै होइन, चलाउनेतर्फ पनि सरकारले पहल गर्नु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा हुँदै गर्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान अहिले वन्दको अवस्थामा छ । मौसमलाई कारण देखाएर अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूले उडानमा आनाकानी गरेका छन् । यद्यपि अहिले भिजिबिलिटी कम छ तर त्योमात्रै कारण होइन । अर्कोतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान तथा अवतरण अहिलेसम्म नियमित हुन सकेको छैन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले उदघाटनकै दिनदेखि भैरहवाकै नियति भोगेको हो । यो विमानस्थल संचालनलाई लिएर धेरै चिन्ता उत्पन्न भएको छ । यहीबीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चाले कतै भैरहवा र पोखराकै नियति दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ । अर्कोतर्फ यो नियतिमात्र थिएन, नेपालको बिडम्वना पनि थियो । नेपालमा तामझाम गरेर सुरु गरिएका आयोजनाहरू वीचमै वन्द भएका र रोकिएका उदाहरण धेरै छन् । अहिले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा प्राविधिक कारण भनिएको छ । त्यतिमात्र होइन, यो विमानस्थल सञ्चालनमा अवरोध आउनुको धेरै कारणमध्ये काठमाण्डौं केन्द्रित मानसिकताले पनि काम गरेको अनुभूति भैरहेको छ ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुमा यात्रुको अभाव, श्रम अनुमति र मौसम खराबीलाई कारण देखाइएको छ । त्यसमाथि भैरहवाबाट उडान रोकिनुमा नागरिक उडड्यन क्षेत्रमा अहिलेसम्म काठमाण्डौं केन्द्रित सिण्डिकेट गर्ने ठूलो गिरोहको हात रहेको आशंका उडड्यन क्षेत्रमा गरिएको छ । भैरहवाले यो नियती भोगिरहँदा भोलीका दिनमा पोखरामा समेत भैरहवाकै अवस्था दोहोरिने चिन्ता छ । सरकारले पछिल्लोपटक निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रतिवद्धता जनाएको छ तर भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा नल्याउँदै निजगढमा फेरी हतार हतार अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु भनेको विमानस्थललाई अलपत्र पार्नु हो । तसर्थ सरकार पहिले सञ्चालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थल चलाउ, अनिमात्र आवश्यकता हेरेर अरू बनाऊ । भैरहवामा जेनतेन भैरहेको अन्तर्राष्ट्रिय उडान रोकिँदा पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा पोखरेलीहरू उत्तिकै चिन्तित छन । निश्चितरूपमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कठिनाईका केही प्राविधिक समस्या छन् । यात्रु अभावका साथै आन्तरिक केही कारण छन जसले सञ्चालनमा अवरोध उत्पन्न भैरहेको छ । तसर्थ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वनाउन हतार गरिनुहुँदैन । नेपालमा अझैपनि अन्तर्राष्ट्रिय उडानमा स्पष्ट नीतिको अभाव देखिएको छ । अन्तर्राष्ट्रिय उडानमा देखिएको अडचन, बेथिती छँदैछन् । त्यसमाथि उडान सञ्चालनको स्पष्ट कार्यविधि नबन्नु चुनौतिकै रूपमा रहेको छ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थललाई चलाउने हो भने काठमाण्डौं केन्द्रित अन्तर्राष्ट्रिय उडान र व्यवसायीको केन्द्रिकृत सोँचमा परिवर्तन गर्नु जरुरी छ । भैरहवा र पोखराले भोगिरहेको नियति निजगढमा नदोहोरियोस् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेमात्र होइन, चलाउने ग्यारेन्टी पनि सरकारले लिनुपर्दछ । होइन भने विमानस्थल निर्माणको लगानी बालुवामा पानी हुनेछ । यो बिषयमा सरकार सचेत बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?