ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

भूकम्पप्रभावितको व्यवसायमा रेडक्रसको साथ

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

सल्यान, २१ पुस ।

सल्यानका भूकम्प प्रभावित १९३ घरपरिवारलाई जीविकोपार्जनका लागि नगद अनुदान उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटीले जिल्लाको दार्मा गाउँपालिकाका भुकम्प पीडितहरुको लागि जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरेको हो । भूकम्प प्रभावित विपन्न किसानहरूको लागि जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले सशर्त अनुदानमार्फत कार्यक्रम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।

जीविकोपार्जन कार्यक्रमअन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १ सय ९३ घरपरिवारलाई प्रतिव्यक्ति रु. ५० हजारका दरले नगद अनुदान प्रदान गरिएको उनको भनाई छ । उनका अनुसार अनुदान कार्यक्रम अन्तर्गत लाभग्राहीहरूले कुल ९६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो किस्तामा प्रतिव्यक्ति रु. २५ हजार वितरण भइसकेको छ भने दोस्रो किस्ताका लागि अनुगमन प्रक्रिया जारी रहेको तामाङले जनाए । अनुदान प्राप्त गर्ने लाभग्राहीहरूले विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।

बाख्रा पालनमा १२८ जना, भैंसी पालनमा ३७ जना, सिलाई कटाईमा ८ जना, किराना पसलमा ७ जना, आरण उद्योगमा ४ जना, कुखुरा पालनमा ४ जना, कुटानी पिसानीमा २ जना, खाजा नास्ता होटलमा १ जना, तरकारी खेतीमा १ जना र तरकारी तथा फलफूल पसलमा १ जना संलग्न भएका छन ।

भूकम्प पीडित दार्मागाउँपालिका ५ का विरेन्द्र प्रकाश खड्काले जिविकोपार्जन कार्यक्रमले राहत भएको भन्दै पीडित परिवारले आयआर्जनका कार्य सुरु गरेको जनाए । सोही वडाका पदमी कामीले किराना पसल सुरु गरेको र त्यसवाट आफुलाई आयआर्जनको लागि सहयोग पुगेको बताइन् ।

भूकम्प प्रभावितहरुलाई प्रदान गरेको रकमवाट बाख्रापालन गर्ने किसानहरुले तीन वटा सम्म बाख्रा किन्ने तथा गोठ र खोर आफैले बनाउने छन् भने भैसीपालन गर्ने किसानले केही रकम आफुले थपेर लैनौ भैसी किन्नुपर्ने छ । कार्यक्रम संयोजक तामाङले भूकम्प प्रभावितले पेसा व्यवसायमा सहयोग पुगोस् र जीविकोपार्जनमा टेवा पुगोस भन्ने उद्देश्यले सशर्त अनुदान रकम प्रदान गरिएको बताए ।

रेडक्रसको यो पहलले विपन्न किसानहरूलाई आत्मनिर्भर बन्न र आफ्नो जीविकोपार्जन सुधार गर्न मद्दत पुगेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए । उनका अनुसार अनुगमन गरेर भुकम्प प्रभावित मध्य पनि अति विपन्न परिवारलाई छनोट गरेर यो कार्यक्रममा जोडिएको छ । भुकम्पले धेरैको घर बास गुमेकाले क्षतिपूर्ति स्वरुप यो कार्यक्रम सञ्चालनले उनीहरुको आयआर्जन र पेसा व्यवसायमा ठूलो सहयोग पुगेको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?