Butwal Today

काठमाडौंको धोबीखोलामा कार दुर्घटना

२१ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं।

काठमाडौंको धोबीखोलामा आज बिहान एक सेतो रंगको कार दुर्घटना भएको छ। बी एए ८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो। दुर्घटनामा कार उत्तानो परेको छ।

कार चालक ललितपुरको कुपण्डोल निवासी विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा अधिक मोडेर कार खोला तर्फ खस्ने भएको बताएका छन्।

नयाँबानेश्वरका डिएसपी वीरेंद्र गोदारले दुर्घटनामा कुनै मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको जानकारी दिए।