ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

छत्रकोटमा जिपलाइन

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

गुल्मी २० पुस ।
गुल्मीको छत्रकोट गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि जिपलाइन सेवा सञ्चालनमा ल्याएको छ । पालिकाले जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याएको साहसिक खेल जिपलाईनको सेवासँगै त्यस क्षेत्रका नागरिकहरू यतिबेला जिपलाईन चढेर रामाईलो अनुभव बटुल्न थालेका छन ।
गाउँपालिकाले जिल्लाको पबित्र धार्मिक स्थल छत्रकोटको देवालय मन्दिर र देविस्थान मन्दिरलाई जोड्नेगरि जिपलाईन सेवा सञ्चालनमा ल्याएको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । जिल्लाको आन्तिरक पर्यटन प्रबद्र्धनका लागि सहयोग पुराउने उद्देश्यले छत्रकोटमा जिपलाईन सेवा सञ्चालन भएपनि यो जिल्लावासी सबैको साझा सम्पति भएको अध्यक्ष पाण्डेले बताएका छन ।
गाउँपालिकाले ‘रुरु रेसुङ्को धार्मिक आस, छत्रकोटमा बसौं वास’ भन्ने नीति लाई अघि सारेर छत्रकोटलाई पर्यटकीय गन्तव्य निर्माण कार्यमा जुटेको छ । पछिल्लो समयमा जिल्लामा आउने वाहय पर्यटकहरूसँगै जिल्लामा रहेका आन्तरिक पर्यटकहरूलाई लक्षीतगरि पहिलो पटक सञ्चालनमा ल्याईएको जिपलाईन सेवाले जिल्लाको पर्यटन पबद्र्धनका लागि थप सहयोग पुराउने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए ।
छत्रकोट गाउँपालिका –३ स्थीत छत्रकोट देवालय मन्दिरदेखि भगवती मन्दिर लुम्छासम्म पुग्नेगरि जिपलाइनको निर्माण गरिएको हो । गत आर्थिक वर्षबाट निर्माण सुरु गरिएको जिपलाइनको निर्माण कार्य तोकिएको समयावधि अघि निर्माण सम्पन्न गरिएको थियो । जिपलाइनको १ हजार ८० मिटर लम्बाई र ६७ मिटरको उचाई रहेको छ ।
जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको बताईएको छ । सुरु स्टेशनदेखि ल्याण्डीङ्हुने स्टेशनसम्म पुग्न करिब एक मिनेट लाग्दछ । ८६ लाख ७३ हजार रूपैयाँ लागतमा जिपलाइनको निर्माण सम्पन्न भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा निर्माण गरिएको उक्त जिपलाईनको निर्माण कार्य सानु सेतीदेवी कन्ट्रक्सन प्रालिले गरेको थियो ।
जिपलाइन चढनको लागि छत्रकोटवासीहरूको लागि ४ सय रूपैयाँ, विद्यार्थीहरूको लागि ३ सय रूपैयाँ, छत्रकोट बाहिरका नागरिकको लागि ५ सय रूपैयाँ र विदेशी नागरिकहरूको लागि १ हजार ५ सय रूपैयाँ शुल्क निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले जानकारी दिए ।
जिल्लाका १२ वटै स्थानीय तह एवं छिमेकी जिल्लाका पालिका प्रमुखहरूको सहभागितामा जिपलाइन सेवा शुभारम्भ गरिएको थियो । जनप्रतिनिधिहरूले पनि साहसिक खेल जिपलाइन चढेर रमाइलो अनुभव गरेका थिए । पालिकाले यतिबेला पर्यटन प्रवद्र्धनका लागि धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेका स्थलहरूको संरक्षण र संवद्र्धनको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?