ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

आम्दानीको बाटो दालचिनी

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

दालचिनीबाट गाउँलेहरूले आम्दानीको बाटो फराकिलो बनाएका छन् । त्यही दालचिनीको पात र बोक्रा बेचेर घरखर्च,ओैषधोपचार,लत्ताकपडा र शिक्षादीक्षामा खर्चिएका छन् । यो कुरा पाल्पा तिनाउ गाउँपालिकाको हो । तिनाउभित्र ६ वटा वडाहरू छन् । त्यसमध्ये वडा नम्बर ३ का फिरफिरे, बेरुवा,ज्यामिरे,उल्टेकुना,सराङखोला,देउराली,गड्डा गाउँका किसानहरूले प्रतिघर न्यूनतम पचास हजारदेखि चार लाखसम्म आम्दानी गर्दै आएका छन् । त्यही दालचिनीको आम्दानीले फुसका छाना हटाएर टीनका छाना छाए । गाउँका युवाहरू गाउँमै रहे । परदेश जानेहरूलाई दालचिनीले गाउँमै राख्यो । एकपटक लगाएपछि पटकपटक लगाउन नपर्ने,गाईबस्तुले नखाने, बाँदरले नसताउने र सोत्तरमा समेत काम नलाग्ने दालचिनीको पातको मूल्य यतिबेला गाउँमै प्रतिकिलो ६६ रूपैयाँ पुगेको छ । बोक्राको प्रतिकिलो मूल्य एक सय ३० नाँघेको छ । ज्यामिरेमा दालचिनी सहकारी खुलेको छ । दालचिनी किसानका लागि खुलेको उक्त सहकारी, गाउँलेहरूलाई आर्थिक सहजीकरण गर्न खुलेपनि आर्थिक अभावका कारण भनेजति सफलता हाँसिल गर्न सकेको छैन । संकलन केन्द्र निर्माण र कार्यालय व्यवस्थापनमात्र सम्भव भएको सो सहकारीका अध्यक्ष एवम् दालचिनी मध्यस्तकर्ता गुरु शर्माले जानकारी गराए ।
दालचिनी खरिदका लागि गाउँमै ढक, तराजूको बन्दोबस्त गरिएको उनै शर्माले बताए । किसानहरूले वर्षमा दुईपटक दालचिनीको पात बेच्छन् । विशेष गरि असोज– कार्तिक र बैसाख,जेठ महिनामा पात निकाल्ने मौसम भएपनि जाडोयाममा निक्लिने पातको स्वाद र मूल्य राम्रो हुने उनले सुनाए ।
यतिबेला तिनाउ गाउँपालिका वडा नं.४ को सत्यवती,लगाढ,लगाढबेसी,छाप, गिजिञ्चौर,बौरेडाँडा,जाल्माघाट र नेपाघाट लगायतका बस्तिहरूमा दालचिनीका पात र बोक्रा बेचेर मनग्य पैसा कमाउनेहरू छन्। यहाँका गाउँलेहरूको बाँच्ने आधार नै केरा, पिँडालु,तरुल बनेको बेला दालचिनी प्रमुख आयस्रोत बनेको हो ।
त्यसैगरी दालचिनी बढी उत्पादन र बिक्रीवितरण हुने वडामध्ये तिनाउको वडा नं.५ कोल्डाँडा, बिस्कुनडाँडा, घुँघुँराछाप,भक्तेछाप बस्तीहरू पर्छन् ।
यहाँका गाउँलेहरूले दालचिनी खेतीलाई नै जीविकोपार्जनको मूलआधार ठानेका छन् । यतिबेला गाउँतिर प्रशस्तमात्रामा दालचिनीका पात काट्ने ,पात टिप्ने र बोक्रा ताँछ्ने कामहरू धमाधम भएका छन् । गाउँलेहरूको मुख्य काम नै यतिबेला यहि भएको छ । धेरै हुनेहरूले मौसमी कामदार ज्यालामा लगाएका छन् भने कम हुनेहरू आफै काममा भिडेका छन् ।
गाउँमा रहेको बुद्व विकास माविले आफ्नो खाली रहेको जमीनमा करिव एक हजार दालचिनीको बेर्ना गएको वर्षामास लगाएको छ । विद्यालयको आम्दानी बढाउन त्यसो गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश रास्कोटीले बताए । दालचिनी बेचेर गएको वर्षमात्र करिव करीव १२ करोड बढी आम्दानी हुन सकेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
सामुदायिक वन समन्वय समिति पाल्पाले साविक दोभान गाविसको वडा नं. २ को बेरुवा गाउँमा स्थानीय सामुदायिक वन उपभोक्ता समूहहरू, युवा क्लव,आमा समूह,दोभान एकीकृत पर्यटन विकास समिति, साविक दोभान गाविस मिलेर “दालचिनी मिनी महोत्सव २०६८“ सम्पन्न गरेको थियो । जहाँ दालचिनी उत्पादक किसानहरू,दालचिनी किन्ने साहुजीहरू र कारोकार गर्ने मध्यस्थकर्ताकाबीच दालचिनीको उत्पादन,वजार र बजारीकरणका बारेमा व्यापक छलफल गरिएको थियो । त्यतिबेला दालचिनीको पातको मूल्य प्रतिकेजी २० रूपैयाँ थियो । बोक्राको मूल्य ६८ रूपैयाँ प्रतिकेजी थियो ।
खास गरि दालचिनीको प्रयोगले छालाका समस्याहरूलाई हटाउने,पेटको रोगहरू निर्मूल पार्ने,स्मरण शक्ति बढाउने र यौन उत्तेजना बढाउनमा सहयोग गर्ने सम्बन्धित विषयका जानकारहरूले बताउँदै आएका छन् ।
बहुगुणी दालचिनीलाई यतिबेला चिया वा कफीमा मिसाएर पिउने चलन छ ।
दालचिनी मिनी महोत्सवमा दालचिनी मिसाएर वा त्यसबाट बन्न सक्ने खाना वा रक्सी उत्पादनमात्र होईन दालचिनीको माला लगाएर पाहुनाहरूलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो । आजसम्म पनि तिनाउमा हुने प्रायःकार्यक्रमहरूमा दालचिनीको माला लगाउने र कार्यक्रम समापनपछि घर लगि भान्छामा झुण्डाएर माछामासु पकाउँदा राख्ने चलन यथावतै छ ।
समन्वय समितिले २०६८ सालको महोत्सवको अवसरमा एक घर १० दालचिनीको बेर्ना र १० वर्षपछि पेन्सनको नारा अघि सारेको थियो । संस्थाले सोही अनुसार काम अघि बढाएको थियो । उक्त नारा,यतिबेला साकार भएको छ । गाउँलेको मुहार उज्यालो बनाई आर्थिक समृद्धिको बाटोमा दालचिनी सारथि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?