Butwal Today

दाङको तुलसीपुरमा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ कर तिर्नुपर्ने

२० पुष २०८१, शनिबार
अ+
अ-

बुटवल, २० पुस ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा महोत्सव लगाउने संस्थाले २५ लाख रुपैयाँ सामाजिक उत्तरदायित्वका रूपमा कर तिर्नुपर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकबाटै यस्तोे निर्णय भएको उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले जानकारी दिए । साथै मनोरञ्जन करका रूपमा हरेक टिकटको पाँच प्रतिशत नगरलाई तिर्नुपर्ने पनि उनले बताए ।

अब उपमहानगरपालिकाले आफैँ टिकट छापेर दिने र त्यसको पाँच प्रतिशत मनोरञ्जन कर दिनुपर्ने मेयर खड्काले बताए । यसअघि महोत्सव लगाउन नगरले सिफारिश दिने तर आयोजकले आफैँ टिकट काट्ने हुँदा आम्दानी नदेखाउने गर्दा करमा छली हुने अवस्था थियो ।

यस्तै यस वर्ष महोत्सव लगाउने जिम्मा तुलसीपुर चेम्बर अफ कमर्सलाई दिने निर्णय भएको छ ।