ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

गाउँको गहना हाटबजारः नक्सांकन र संरक्षण कहिले ?

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

नवलपरासी, २० पुस ।
जिल्लास्थित हाटबजार जिल्ला समन्वय समितिले जिल्ला भरिका हाटबजारको यकिन गरि नक्सांकन गरि हाटबजारको सुरक्षा गर्न माग गरेको छ । लामो समयदेखि इतिहास बोकेका हाटबजार अहिले गाउँपालिका तथा नगरपालिकाद्वारा विभिन्न आयोजनाहरू त्यही थप गरि अतिक्रमण गर्ने र विभिन्न संघसस्थाहरूलाई त्यसै भूमिबाट जग्गा प्रदान गर्दै हाटबजारको क्षेत्रफल घटाउने गरेको गुनासो गर्दै हालको अवस्थामा रहेका हाटबजारहरूको सिमांकन गरि सुरक्षित गर्नुपर्ने माग उठाएको हो ।
हाटबजारको समस्यालाई लिइएर उनले विगतमा जिल्ला समन्वय समिति मार्फत हाटबजारको सिमांकन गरि सुरक्षा ब्यवस्थापनका लागि माग गरिएको हाटबजार समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । अहिले हाटबजार क्षेत्र अतिक्रमण गर्ने चौतफी हमला भइरहेका छन्,उनले भने,कतिपय स्थानमा हाटबजारको संरक्षण, प्रवद्र्धन गर्ने स्थानीय सरकारद्वारा नै अतिक्रमण गर्ने प्रपञ्च रचने गरिएको छ । स्थानीय सरकारलाई प्रत्यक्ष आयवृद्धि गराउने निकाय हाटबजार पनि हो, तर जनप्रतिनिधिहरूले त्यसको महŒव बुझ्नै चाहेनन् । कर्मचारीले पनि कम्तीमा हाटबजारको संरक्षण तर्फ सोच्नु पर्ने हो, तर बर्षेनी हाटबजार ठेक्का लगाउदा दररेड वृद्धि गर्ने तर बजारको संरक्षण र प्रवद्र्धन गर्ने नीति कार्यक्रम नबन्ने गरेको उनको आरोप थियो ।
उत्पादनक र उपभोक्ताको प्रत्यक्ष लाभ हुने स्थान हाटबजार हो, उनले थपे, समाजबादी मान्यतामा रहेका हाटबजारलाई सटर तथा पुजिँगत बजारले त्यसलाई सत्रु जस्तै ठान्दै आएका छन् । खुल्ला बजार भएको हुदा बजारको नियमानुसार माग बढि भयो भन्ने मालबस्तुको मूल्य बढ्ने हुन्छ । हाटबजारमा विचौलीयाको भूमिका पनि न्यून हुन्छ ।
गुणस्तरयि ताजा तरकारी प्राप्त हुने स्थान अहिले कस्को प्रभावमा परेर हाटबजारलाई खुम्चयाउने गरिएको होला ? बुझ्न गाह्रो छैन्,प्रतिस्पर्धाको बजार हुने हाटबजारलाई खुम्चयाउदै साँगुरो बनाइयो भन्ने सिमिति ब्यपारी बस्न पाउने अवस्थाको सृजना हुन्छ, किसान र विभिन्न उद्यमीले तयार पारेर बेच्न ल्याउने मालबस्तु बसेर बेच्ने स्थान हुदैन् । ती मालबस्तु त्यहीकै केही समिति ब्यपारीलाई विक्रि गरेर जानु पर्ने हुन्छ । पछि तिनै ब्यपारीले तिनै मालबस्तुको आफु खुशी मुल्य निर्धारण गरि विक्रि गर्दा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्छ ।
यो कुरा पनि जनप्रतिनिधिहरूले उत्पादक र उपभोक्ताको हितमा सोच्न आवश्यक रहेको उनले औल्याएका थिए । यसबारे उद्योग बाणिज्य संघमा पनि कुरा उठाउने उनले बताए । प्रत्येक नगरपालिकाको राजस्व परामर्श समितिमा संघको तर्फबाट ब्यपारीको प्रतिनिधित्व गरिन्छ,तर हाटबजारको मुल्य निर्धारणमा संघले पनि गम्भिरता नलिइने गरेको उनको भनाई थियो । कतिपय किसान मौषम अनुसारको तरकारी आफुले खाएर बचे पछि हाटबजारमा विक्रि गर्न ल्याउछन्,तर बैठकी कर महगोँ बनाई दिदा उनीहरूले पाएको पैसो बैठकी कर बुझाएर जानुपर्ने अवस्था सृजना हुन्छ,त्यसको फाईदा पनि तिनै केही ब्यपारीले लिइने गरेका छन् । बैठकीकै कुरालाई सम्झाउदै उनीहरूले कृषक तथा उत्पादकसँग खरिद गरेर फर्काई दिने हुदा बजारमा प्रतिस्पर्धा अभाव हुन्छ,यो कुरा आम उपभोक्ताहरू तथा उपभोतmाको हकहित संरक्षणमा काम गर्ने संघसस्था तथा निकायलाई बुझ्न आवश्यक रहेको अध्यक्ष अग्रहरीले बताएका थिए ।
निजी क्षेत्रको नेतृत्वदायी संघसस्थाहरूले हाटबाजरमा ब्यवसाय गर्दै आएको किसान तथा ब्यवसायीको समस्या सम्बोधन गर्न छाडेपछि हाटबाजर जिल्ला समन्वय समिति गठन भएको थियो । स्थानिय हाटबजार ब्यवसायि राधेश्याम अग्रहरीको नेतृत्वमा ७ सदस्यि हाटबाजर जिल्ला समन्वय समिति गठन गरि विभिन्न गतिविधि तथा सरोकारवालालाई ध्यानाकर्ष गराउँदै आएको छ । प्राचिन कालका नगर राज्यको अवधारणामा सञ्चालन हुदै आएको राज्यका बेला पनि हाटबाजर चल्दै आएको थियो । तर अहिले राष्ट्रिय राज्यको बेला गठन भएका उद्योग बाणिज्य संघ लगायतका संघसस्थाहरूले हाटबाजरलाई उपेक्षा गर्ने सकेसम्म बन्द गराउने षणयन्त्रमा लागेका कारण हाटबजार ब्यवसायिलाई संगठित गरि ब्यवस्थापनका गर्ने उदेश्यले समिति गठन गरिएको अग्रहरीले बताएका थिए ।
प्रत्येक पालिकामा दुई भन्दा बढि साना ठूलो हाटबाजरहरू रहेका छन्,उनले भने,ति हाटबजारबाट ठेक्का लगाई पालिकाहरूले बर्षेनी लाखौ रुपिया राजश्व उठाउने गरेका छन् । किसानले उत्पादन गरेका आफ्ना उत्पादन,साना उद्यमीले उत्पादन गरेका स साना परिमाणका मालबस्तुहरू हाटबजारमा बेचेर गुजारा चलाउदै आएका छन् । हाटबजारसँग हजारौको प्रत्यक्ष र परोक्ष रोजगारी जोडिएको छ । हाटबजार पुर्ण प्रतिस्पर्धाको बजार हुने हुदा उपभोक्ताहरूलाई पनि सस्तो र गुणस्तरिय मालबस्तु पाउने गरेका छन् । हाटबजार ब्यवसाय मात्रै नभई रोजगार र ग्रामिण सुचना प्रवाह गर्ने थलो पनि हो,अग्रहरीले भने,तर यसको मर्म र भावना ठूलो ब्यवसायि संघसस्थाले बुझ्न सकेनन् । उल्टै स्थानीय सरकार गाउपालिका र नगरपालिकालाई समेत गुमराह गर्दै आफ्नो दुनो मात्र सोझ्याउने कार्यमा लागेको आरोप उनको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?