Butwal Today

सरकारले १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप दिने

१९ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

सरकारले विश्व क्यान्सर दिवसको अवसरमा १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपीभी) विरुद्धको खोप दिने घोषणा गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, माघ २२ गतेबाट सुरु हुने यो खोप अभियान दुई हप्तासम्म चल्नेछ।

ग्लोबल अलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेशन (गाभी) को अनुदानमा नेपालमा १७ लाख २० हजार भाइल मध्ये १५ लाख १५ हजार ४ सय भाइल आइपुगेका छन्। खोप चीनको इनोभ्यक्स बायोटेलले उत्पादन गरेको हो।

सरकारका अनुसार, यस अभियानमा देशभरका १९ हजार विद्यालयहरूलाई खोप केन्द्रका रूपमा तोकिनेछ। यस अघि पनि सरकारले २० हजार भाइल खरिद गरेर करिब १० हजार किशोरीलाई एचपीभी खोप दिइसकेको छ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जनाको मृत्यु हुने तथ्यांक रहेको छ, र सरकारले यसलाई रोकथाम गर्न परीक्षण र खोप अभियानलाई प्राथमिकतामा राखेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?