ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

अस्तीत्व नै संकटमा परेको नन्दनतालको संरक्षणमा जुट्यो पाल्हीनन्दन गाँउपालिका

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

सुनवल, १९ पुष। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ । बिहिवार पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्र्दभमा छलफल गरेको छ ।

नन्दनल ताल अतिक्रमण हुदै तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवाला संग छलफल गरेर संरक्षणको काम अगाडी बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाँउपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता दिपकले बताए । सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मतएक्यता जाहेर गर्दे स्थानिय तह सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभा सदस्य एव पूर्व मन्त्री धुब्रबहादुर प्रधानले नवलपरासीको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्नेमा जोड दिए । माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानिय तहले संरक्षण र प्रर्वद्धनको काममा अठोट गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । जिल्ला विभाजनले त्रिवेणीधाम लगायतका स्थल नवलपरासीबाट विभाजित भएकाले अहिले जिल्ला भित्रै भएका सम्पदाको संरक्षण गरेर प्रसारप्रचार गर्नुपर्नेमा प्रधानको जोड थियो ।

सो क्रममा पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नन्दन ताल संरक्षणको विषय चुनौतिको रुपमा रहेको बताउदै यसलाई अवसरको रुपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । ‘बहानाबाजि गर्ने हो भने अर्थ छैन् तर साँच्चै बनाउने हो भने स्थानिय तह कठोर बनेर निर्णय गरेर अगाडी बढ्न सक्नुपर्छ कंण्डेलले भने । ’

पुर्व स्थानियविकास राज्यमन्त्री घनश्याम यादवले नन्दन तालको संरक्षणमा सबै एकजुट बन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रर्वद्धन गर्न सके पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दे प्रदेश सरकार संग पनि सहयोगको लागी पहल गर्ने आवश्वासन दिए ।

सो क्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, गाँउपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, काग्रेसका विक्रम यादव, जसपा नेपालका धरेन्द्र यादव, राप्रपाका किरण प्रधान, रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी, राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।

जिल्लाको हकुई र सनई गाउँको सिमाना रहेको नन्दन ताल झन्डै सय विगाहा क्षेत्रफलमा फैलिएको छ तर अहिले खेतिपाती हुदै जादा तालनै नामेट हुदै गएको छ । ताल मासिदै गएको विषयमा कुरा उठेपनि संरक्षणको ठोस काम हुन सकेको छैन् । केहि वर्ष अगाडी सम्म तालमा माछा पालन हुने गर्दथ्यो जसका लागी ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तिव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तीत्व संकटमा परेको छ । गाँउपालिका अध्यक्ष गुप्ताले अब स्थानिय र पालिका स्तरमा थप छलफल गरेर संरक्षणको काम सुरु गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?