Butwal Today

सङ्घीय प्रशासनमा १८ सहसचिवहरूको बढुवा

१९ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले १८ जना कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ। सचिवालयले योग्यताक्रमका आधारमा उम्मेदवारहरूको सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।

सहसचिवमा बढुवा हुने व्यक्तिहरूको सूचीमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार, जगदीश्वर उपाध्याय रहेका छन्।

त्यसैगरी, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही पनि सहसचिवको पदमा बढुवा भएका छन्।