Butwal Today

एमाले कटहरिया ईन्चार्जमा रामजी साह

१९ पुष २०८१, शुक्रबार
अ+
अ-

रौतहट,१९ पुस।
रौतहट स्थित नेकपा एमाले कटहरिया नगर कमिटीको ईञ्चार्जमा गरुडा निवासी रामजी साह सोनार लाई जिम्मेवारी दिइएको छ।नेकपा एमालेका मधेश प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।गत कार्तिक २० गते बसेको एमाले प्रदेश कमिटीको बैठकले रामजी साहलाई प्रदेश कमिटी सदस्यमा चयन गरेको थियो।

एमाले केन्द्रिय निर्देशानुसार रामजी साह सोनार लाई प्रदेश कमिटी सदस्य संगै कटहरिया नगर कमिटी इन्चार्जको जिम्मेवारी थपिएको प्रदेश अध्यक्ष मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।रामजी साह गरुडा स्थित सुन चाँदी व्यवसायीका साथै राजनीतिमा पनि सक्रिय रहेका छन्।