ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

सल्यानको विद्यालय शिक्षा अभ्यासः कक्षामा पढाउँदै, टोल पुगेर सोध्दै

शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीको बहुआयामिक विकासका लागि सल्यानका सामुदायिक विद्यालयहरूले विभिन्न प्रयास गर्दै आएका छन् ।
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

सल्यान, १८ पुस ।
शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थीको बहुआयामिक विकासका लागि सल्यानका सामुदायिक विद्यालयहरूले विभिन्न प्रयास गर्दै आएका छन् । यसैक्रममा जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित कालिका माध्यमिक विद्यालयले शिक्षण पद्धतिलाई आधुनिक र विद्यार्थीमुखी बनाउँदै लगेको छ । शैक्षिक गुणस्तर बढाउनका लागि र बालवालिकाको विविध क्षमता विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नविनतम क्रियाकलाप र कार्यक्रमहरू सञ्चालन गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक चुडामणी केसीले जानकारी दिए ।
कालिमा माध्यमिक विद्यालयले २०६७ सालमा निकै ठूलो विपत्तिको सामना गर्नुपर्याे । अविरल वर्षाका कारण राप्ती लोकमार्गमाथी रहेको विद्यालयका ४ वटा भवन सडक संगै भासिएका थिए । त्यसपछि नजिकै अर्काे स्थानमा विद्यालय सञ्चालन गरिएको थियो । विभिन्न उतारचढावका बीच अगाडि बढिरहेको यस विद्यालयले नियमित रूपमा अभिभावकहरूसँग अन्तक्र्रिया तथा अभिभावक कक्षा, अतिरिक्त क्रियाकलाप, कोचिङ कक्षा, टोल भ्रमण, योग अभ्यास लगायतका शिक्षा सुधारका काम गर्दै आएको छ ।
विद्यालयले प्रत्येक महिनामा अभिभावकहरूसँग गोष्ठी र अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नेगरेको प्रअ केसी बताउँछन् । ‘विद्यार्थीको प्रगतिमा अभिभावकको प्रत्यक्ष भूमिका हुन्छ’, उनले भने, ‘विद्यालय र अभिभावकबीच सुमधुर सम्बन्ध कायम गर्नका लागि अभिभावकसंगको गोष्ठी र अन्तक्र्रियाले महत्वपूर्ण सहयोग पु¥याएको छ ।’
यसैगरी विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्न शिक्षकहरू टोलसम्म पुग्ने गरेका छन् । यी भ्रमणहरूले उनीहरूलाई आफ्नो समुदाय, स्थानीय संस्कृति र सामाजिक विषयवस्तुहरूसँग जोड्न मद्दत पु¥याएको विद्यालयको भनाइ छ । विद्यार्थीलाई दैनिक रूपमा लेखन अभ्यास गराउन डे बुक लेखन अनिवार्य गरिएको छ । यसले उनीहरूको लेखन शैली, आत्मअनुशासन र सोच्ने क्षमतामा सुधार ल्याउने विद्यालयको अपेक्षा छ ।
विद्यालयले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न नियमित कोचिङ कक्षाहरू सञ्चालन गर्दै आएको प्रअ केसी बताउँछन् । यस्ता कक्षाहरूले विद्यार्थीको कमजोर विषयमा सुधार गर्न सहयोग पु¥याएको छ भने प्रतिस्पर्धात्मक परीक्षा तयारीका लागि पनि फाइदा पुगेको उनको भनाइ छ । कालिका माविले समयसापेक्ष नयाँ प्रविधि अपनाउँदै स्मार्ट बोर्ड, प्रोजेक्टर र अनलाइन शैक्षिक सामग्रीहरूको प्रयोगलाई प्राथमिकतामा राखेको छ । शिक्षणलाई सहज, रोचक अनी प्रभावकारी बनाउनका लागि नयाँ नयाँ प्रविधिले टेवा पुर्याएको शिक्षकहरू बताउँछन् ।
विद्यार्थीको मानसिक स्वास्थ्य, शारीरिक सन्तुलन र ध्यान केन्द्रित गर्नका लागि योग कक्षाको व्यवस्था पनि विद्यालयले गरेको छ । यसले विद्यार्थीको तनाव कम गर्न र ध्यान केन्द्रित गर्न मद्दत पु¥याएको विद्यालयको भनाइ छ । यसैगरी शारीरिक तन्दुरुस्ती र एकताको भावना विकासका लागि विद्यालयले विभिन्न खेलकुद कार्यक्रमहरू र विद्यार्थीहरूको सिर्जनात्मक एवम् सांस्कृतिक क्षमता विकासका लागि नियमित रूपमा अतिरिक्त क्रियाकलापहरू संचालन गर्नेगरिएको विद्यालयका प्रअ केसीले जानकारी दिए ।
अभिभावकहरूले विद्यालयका गतिविधि, नवीनतम कार्यक्रम तथा विद्यार्थीकै हितमा केन्द्रित प्रयासहरू देखेर खुसी व्यक्त गर्नेगरेका छन् । विद्यालयको प्रयासले आफूहरू खुसी रहेको अभिभावक मोहनलाल पुनले बताए । आफ्ना बालबालिकाको शैक्षिक सुधार, अनुशासन एवम् आत्मविश्वासमा भएको वृद्धि देखेर खुसी लाग्ने गरेको अर्का अभिभावक पवित्रा बुढा बताउँछिन् । अभिभावकहरूले विभिन्न सुझावहरू समेत दिनेगरेको विद्यालयले जनाएको छ । कालिका माविले प्रदान गरेको अतिरिक्त कोचिङ, डे बुक लेखन, टोल भ्रमणजस्ता क्रियाकलापहरूले बालवालिकालाई व्यवहारिक ज्ञान प्रदान गर्न टेवा पु¥याएको अभिभावकहरूको प्रतिक्रिया रहेको छ । अभिभावकहरू हरि बहादुर घर्ती र झुपलाल घर्तीले पनि विद्यालयको क्रियाकलाप सन्तोषजनक रहेको भन्दै अझै निरन्तर रूपमा शैक्षिक सुधारका काम हुनुपर्ने बताउँछन् ।
विद्यालयमा हाल ४१५ विद्यार्थी अध्ययनरत छन् भने शिक्षक संख्या १७ जना रहेको छ । आफ्ना शैक्षिक क्रियाकलापहरूलाई अझै प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि थप भवनको अभाव रहेको प्रअ केसीले बताए । यसका साथै प्रविधियुक्त शिक्षाका लागि कम्प्युटरहरूको पनि अभाव रहेको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?