ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

माघि मेला गर्दै रुपन्देहीका होटल ब्यवसायी

१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

बुटवल, १८ पुस । प्रत्येक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गर्दै आएका रुपन्देहीका होटल ब्यवसायीहरुले यस वर्ष भने माघि मेला आयोजना गर्ने भएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, लुम्बिनी प्रदेश सरकार, पर्यटन ग्रामीण विकास तथा शहरी विकास मन्त्रालय पर्यटन विकास परिषद बुटवल प्रवद्र्धक र रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म बुटवलमा तीन दिने खाना महोत्सव तथा माघी मेला २०८१ आयोजना हुने भएको हो ।

‘नेपाली मौलिक संस्कृति र स्थानिय खानाका परिकारको हाम्रो शान, शहरदेखि गाउँसम्मको पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान’ भन्ने नारासहित हुने यो महोत्सव सिद्धेश्वर माविको मैदान परिसरमा गरिने संघका अध्यक्ष अध्यक्ष लेखनाथ भण्डारीले बताए । हरेक वर्ष अग्रेजी नया वर्षमा सडक महोत्सव गदै आएकोमा यसपटक तराईबासी थारु जाती र संस्कृति, गुरुङ, मगर जातीहरुको विशेष चाडको रुपमा मनाईदै आएको माघी पर्वलाई प्रवद्र्धन गर्न वृहत माघि कार्यक्रम गर्न लागेको उनले बताए । कार्यक्रमबाट स्थानीय खानाका परिकार, मौलिक संस्कृति, र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले दाबी गरे । महोत्सवमा स्थानीय थारू, मगर, नेवार र अन्य समुदायका परम्परागत खानाका परिकारकोे प्रदर्शनी र विक्री गरिने उनले बताए । यसैगरि थारू नाच, लोकदोहोरी र विभिन्न जातजातिका मौलिक र सांस्कृतिक नृत्यहरुका साथै पर्यटन प्रवद्र्धन हुने लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी दिने स्टलहरु राखिने उनले बताए ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुतिसहितको हरेक दिन सास्कृतिक कार्यक्रम समेत रहने महोत्सवका संयोजक तथा संघका महासचिव अर्जुन थापाले बताए । दैनिक रुपमा रुपन्देहीका दोहरी साझका कलाकारहरुको प्रस्तुति, नृत्य, डिजे, हास्य कलाकारको मनोरन्जन समेत रहने उनले बताए । यसैगरि पर्यटन प्रवद्र्धनका लागि एक दिने वृहत सरोकारवालासंग गोष्ठी आयोजना गरिने भएको छ । महोत्सवमा ५ दर्जन स्टलहरुमा बढी खानाका परिकारहरुको स्टलहरु रहने स्टल बुकिङ्ग संयोजक संस्थाका सचिव थम्मन बहादुर भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?