Butwal Today

तुलसीपुरले १५ हजार बालबालिकाको पोषण जाँच गर्दै

१८ पुष २०८१, बिहीबार
अ+
अ-

दाङ, १७ पुस ।

तुलसीपुर उपमहानगरपालिकले यस क्षेत्रका १५ हजार बालबबालिकाको पोषण अवस्थाको निःशुल्क जाँच गर्न सुरु गरेको छ ।

गैह सरकारी संस्था बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखि ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ । पोषण जाँचको आज वडा नम्वर १० बाट सुरु गरिएको छ । तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताए ।

पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताए । वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा सचेतना मुलुक भनाइ राखेका थिए ।