Butwal Today

शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग एमालेले जवाफ मागे

१८ पुष २०८१, बिहीबार
अ+
अ-

 काठमाडौं

शेरादरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जवाफ माग गरेको छ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद बासुदेव घिमिरेले गृहमन्त्रीबाट स्पष्टिकरणको माग गरे। सांसद घिमिरेले भने, “शेरादरबारबारे भएको के हो? गृहमन्त्रीले यसबारे स्पष्ट गर्न आवश्यक छ।”

समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायत समिति सदस्यहरू उपस्थित थिए।