Butwal Today

राखेप उपाध्यक्षमा रूपन्देहीका आचार्य नियुक्त

१८ पुष २०८१, बिहीबार
अ+
अ-

बुटवल, १८ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरिएको छ । मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले रिक्त राखेप उपाध्यक्ष पदमा रूपन्देहीका आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मदन भण्डारी स्पोट्र्स फाउन्डेसनका आचार्य केन्द्रिय अध्यक्ष समेत हुन् । उपाध्यक्ष शिव कोइरालाको पदावधि सकिएको झन्डै दुई महिनापछि सरकारले उपाध्यक्षमा पदपूर्ति गरेको हो । अघिल्लो मन्त्रिपरिषद् बैठकले राखेप बोर्ड सदस्यहरू नियुक्त गरेको थियो ।